Hamropalika menu advertisement

माईजोगमाई १ को शिव मन्दिरमा घेराबारा

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
माईजोगमाई १ को शिव मन्दिरमा घेराबारा

बिनु खड्का

इलामको माईजोगमाई गाउँपालिका १ को प्रेमेजुङमा रहेको माईथान शिव मन्दिरको घेराबारा गर्ने काम सम्पन्न भएको छ । माईथान मन्दिरको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले माईजोगमार्र्इ गाउँपालिकाले मन्दिरको नाममा एक लाख रुपैया बिनियोज गरेपछि उक्त रकमबाट घेराबारा गरिएको हो ।उक्त बिनियोजित रकमले मन्दिरको घेराबारा गर्न स्थानियको अग्रतामा ज्ञानु भण्डारीको अध्यक्षतामा निर्माण समिति चयन गरि काम गरेको थियो । मन्दिरको वरिपरि इट्टाको घेराबारा लगाइएको छ ।एक लाख रकमको योजनामा सुरु गरिएको काममा १ लाख २० हजार खर्च भएको अध्यक्ष भण्डारीले जानकारी गराउनु भयो । मठ मन्दिर जिर्ण हुँदै गएको अवस्थामा प्रेमेजुङका स्थानीयबासी समेत मठ मन्दिर संरक्षणमा लागेको निर्माण समिती सचिब बिदुर पौडेलले जानकारी दिनु भएको छ ।

TOP