प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

रोङमा बर्थिङ सेन्टर गुणस्तरिय बनाईदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
रोङमा बर्थिङ सेन्टर गुणस्तरिय बनाईदै

गोबिन्द पौडेल रोङ:
सुरक्षित मातृशिशु शुलभ कार्यक्रमलाई प्रभावकारी बनाउन रोङका स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ ।जिल्ला स्वास्थ्य कार्यालय इलामको आयोजनामा रोङ गाउँपालिकामा रहेका बर्थिङ सेन्टरलाई थप सेवामुखी र दक्ष बनाउदै सुरक्षित प्रसुति गराउन स्वास्थ्यकर्मीको क्षमता बिकाश,औजार उपकरणको प्रयोग,जटिलताको पहिचान जस्ता बिषयहरुमाथी तालिम प्राप्त जनशक्तिको बिकाश गरेर नागरिकहरुलाई सुलभ ,प्रभावकारि रसुरक्षित सेवा प्रवाह गर्न तालिमले सहयोग गर्ने अपेक्षा रहेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो ।
रोङ ५ को ईरौटारमा सचालित अनुशिक्षण तालिममा जिल्ला जनस्वास्थ्य इलामका नर्सिङ अधिकृत मातृ तथा नवजात शिशु फोकल फर्सन अनिता सुब्बाले सहजिकरण गरिरहनु भएको छ । नागरिकलाई दिईने सहज सुबिधाको सो कार्यक्रमको अवस्था बारेमा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत दिपेन्द्र दहाल,बिज्ञ डा. तारानाथ पोखरेल,स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले,वडा न ५ का वडाध्यक्ष दल बहादुर पुलामी स्वास्थ्यकर्मी लगायतबाट अनुगमन र कार्यक्रमको बारेमा छलफल भएको थियो ।
चालु बर्षमा रोङ ५ को बर्थिङ सेन्टरमा ५ र कोल्बुङबाट ३ जनाले सुरक्षित मातृत्व वर्थिङ सेवा लिएका छन् । स्वास्थ केन्द्रमा गर्वजाँच गराउदा चारपटक सम्मको लागि चारसय ,सुत्केरी गराउदा दुईहजार,निशुल्क आईरन चक्क्ी न्यानो झोला र कपडा समेत दिईने गरेको छ ।सरकारले अधिक्तम सुरक्षित र सुलभ सेवा दिने गरेपनि अहिले सम्म नागरिकले बिश्वास नगरेका कारण सेवाग्राहिको सख्या कम हुने गरेकोमा सरकारी सस्थालाई कम बिश्वास गरिरहेको अवस्थामा यसको सेवा गुणस्तरिय बनाउन साथै आम नागरिकको बिश्वास जित्न प्रभावकारी सेवा र चेतना बिकासमा लाग्न सबैपक्ष लाग्न जरुरी रहेको छ ।

TOP