जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

रोङमा बर्थिङ सेन्टर गुणस्तरिय बनाईदै

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
रोङमा बर्थिङ सेन्टर गुणस्तरिय बनाईदै

गोबिन्द पौडेल रोङ:
सुरक्षित मातृशिशु शुलभ कार्यक्रमलाई प्रभावकारी बनाउन रोङका स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ ।जिल्ला स्वास्थ्य कार्यालय इलामको आयोजनामा रोङ गाउँपालिकामा रहेका बर्थिङ सेन्टरलाई थप सेवामुखी र दक्ष बनाउदै सुरक्षित प्रसुति गराउन स्वास्थ्यकर्मीको क्षमता बिकाश,औजार उपकरणको प्रयोग,जटिलताको पहिचान जस्ता बिषयहरुमाथी तालिम प्राप्त जनशक्तिको बिकाश गरेर नागरिकहरुलाई सुलभ ,प्रभावकारि रसुरक्षित सेवा प्रवाह गर्न तालिमले सहयोग गर्ने अपेक्षा रहेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो ।
रोङ ५ को ईरौटारमा सचालित अनुशिक्षण तालिममा जिल्ला जनस्वास्थ्य इलामका नर्सिङ अधिकृत मातृ तथा नवजात शिशु फोकल फर्सन अनिता सुब्बाले सहजिकरण गरिरहनु भएको छ । नागरिकलाई दिईने सहज सुबिधाको सो कार्यक्रमको अवस्था बारेमा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत दिपेन्द्र दहाल,बिज्ञ डा. तारानाथ पोखरेल,स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले,वडा न ५ का वडाध्यक्ष दल बहादुर पुलामी स्वास्थ्यकर्मी लगायतबाट अनुगमन र कार्यक्रमको बारेमा छलफल भएको थियो ।
चालु बर्षमा रोङ ५ को बर्थिङ सेन्टरमा ५ र कोल्बुङबाट ३ जनाले सुरक्षित मातृत्व वर्थिङ सेवा लिएका छन् । स्वास्थ केन्द्रमा गर्वजाँच गराउदा चारपटक सम्मको लागि चारसय ,सुत्केरी गराउदा दुईहजार,निशुल्क आईरन चक्क्ी न्यानो झोला र कपडा समेत दिईने गरेको छ ।सरकारले अधिक्तम सुरक्षित र सुलभ सेवा दिने गरेपनि अहिले सम्म नागरिकले बिश्वास नगरेका कारण सेवाग्राहिको सख्या कम हुने गरेकोमा सरकारी सस्थालाई कम बिश्वास गरिरहेको अवस्थामा यसको सेवा गुणस्तरिय बनाउन साथै आम नागरिकको बिश्वास जित्न प्रभावकारी सेवा र चेतना बिकासमा लाग्न सबैपक्ष लाग्न जरुरी रहेको छ ।

TOP