Hamropalika menu advertisement

रोङ ६ मा अशक्तलाई सहज स्वास्थ्य सेवा

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
रोङ ६ मा अशक्तलाई सहज स्वास्थ्य सेवा

 गोबिन्द पौडेल :

इलामको रोङ ६ का अशक्त दिर्घ रोगी र जेष्ठ नागरिकको लागि सहज स्वास्थ सेवा प्रदान गरिने भएको छ ।रोङ गाउँपालिका वडा न ६ को कार्ययोजना अनुसार स्वास्थ सस्था सम्म पनि आउन नसक्ने नागरिकको लागि टोल र घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिने भएको हो ।
भौगोलिक रुपमा निक्कै बिकट र अलग अलग धरातल रहेको रोङ गाउँपालिका ६ मा गाउँपालिकाका सामाजिक समितिका सयोजक तथा वडा नं. ६ का वडाध्यक्ष सत्यम राई चौरासेले हाल वडाको केहि भागमा घर र टोलसेवा दिईरहेको र आगामी फागुन देखि न्युनतम मासिक रुपमा नियमित घरटोल सेवा दिईने जानकारी दिएका छन ।
रोङ ६ मा एक स्वास्थ्य चौकी,एक आधारभुत स्वास्थ्य केन्द्र र एक सामुदायिक स्वास्थ्य ईकाई रहेकोमा चार अहेब सहित ८ जना स्वास्थ्यकर्मी रहेका छन् । यसैगरि नयाँ आधारभुत स्वास्थ केन्द्र रम्भ्याङमा स्वास्थ्य ब्यवस्थापन समिति समेत गठन गरिएको छ ।
सत्यम राई चौरासेको अध्यक्षतामा फुलमाया गोम्देन उपाध्यक्ष ,डुकिमाया प्रधान,नारायण प्रधान,सनिला राई लगायत नौ सदस्यीय समिति बनेको कार्यलय प्रमुख बिकाश गजमेरले बताए ।हाल उक्त स्वास्थ्य केन्द्रवाट दैनिक २० जना बढीलेस्वास्थ्य सेवा लिने गरेका छन्

TOP