जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको थुम्केरानीमा हुँने पर्यटन महोत्सवको भब्य तयारी

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको थुम्केरानीमा हुँने पर्यटन महोत्सवको भब्य तयारी


नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानीमा हुँने पर्यटन महोत्सवको तयारी पुरा भएको छ । पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजना तथा माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न हुँने महोत्सवको तयारी पुरा भएको हो ।
थुम्के रानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको जानकारी दिएको छ ।

महोत्सवमा नेपाल–भारतको सुन्दर दृश्यावलोकनसंगै सांगीतिक कार्यक्रम समेत हुनेछ । माघ २२ गतेबाट २४ गते सम्म संचालन हुने महोत्सवमा स्टल सहित स्थानीय खानाका परिकार पर्यटकका लागि राखीने आयोक समितिका अध्यक्ष रत्न थामीले जानकारी दिनु भयो । उहाका अनुासर २२ गते स्थानीय सिंहदेबी मन्दिरको दर्शन सहित कार्यक्रमको उद्घाटन हुने छ । त्यस्तै २३ गते ट्रेकिङ सहित अन्य कार्यक्रम र २४ गते समापन सहित सांगीतिक कार्यक्रम गरीने छ ।
थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । गाउँपालिकाको केन्द्र नयाँबजार देखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मा सम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ । महोत्सवमा पर्यटकका लागि जंगल सफरी र दुर्लभ रेडपाण्डाको अवलोकन थप आर्कर्षक बन्ने छन । विश्वको तेस्रो अग्लो हिमशृखला, दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्ड) ,एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको अध्यक्ष थाकीले जानकारी दिनु भयो ।
महोत्सवले सिंगो माईजोगमाई गाउँपालिका सहित छिमेकी पालिकाको पर्यटन प्रवर्दनमा सहयोग पुग्ने माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जीत बहादुर राईले जानकारी दिनु भयो । उहाले थुम्के जौवारी हुँदै मेघमा सम्म सडक बिद्युत र खानेपानीको सुविधा पुगेकाले पर्यटक र पर्यटन ब्यवसायीलाई सहज भएको बताउनु भयो ।
महोत्सवमा लोक गायक इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई,नवीन सुवेदी लगायत स्थानीय कलाकारको प्रस्तुती रहनेछ । मुख्य आकर्षणको रुपमा हास्यकलाकारः– सुबोध गौतम (एदुमे) रहेका छन् ।एक्सीम्बल ब्यान्डको लाइभ कन्सर्टका साथै विभिन्न जातजातिका झाकी नाच हुनेछ । आन्तरिक एवम बाह्य पर्यटकलाई थुम्केरानीको बारेमा जानकारी दिने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । माइजोगमाई स्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको आयोजक समितिका उपाध्यक्ष राजेश थामी बताउनु हुन्छ ।
लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक पर्यटक पुग्ने गरेका छन । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ ।
माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले गाउँपालिकाको थुम्के सहित माथिल्लो लेकाली क्षेत्रको बिस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिने जानकारी दिनु भयो । उहाले दिगो आर्थिक उर्पाजनका लागि पर्यटक बिकास आवश्यक भएको जानकारी दिनु भयो । गाउँपालिका उपाध्यक्ष प्रविना राईले पालिकामा प्रसस्त पर्यटकीय ठाउँ भए पनि प्रचार प्रसारको कमी भएको बताउनु भयो । उहाले नयाँ गन्तब्यका रुपमा पालिका भित्रका धेरै स्थानको बिकास गर्न सकिने बताउनु भयो ।
पालिकामा उत्तरे पोखरी , शिब मन्दिर बौद्धगुम्बा सहित बिभिन्न देबिस्थल सहितका धार्मीक पर्यटकीय स्थल रहेका छन । जौवारी , तुम्लिङ, टङ्लु मेघमा लगायतका क्षेत्र बिदेशी पर्यटकको रुचीमा पर्ने क्षेत्र हुँन । जौवारी हुँदै सन्दकपुर सम्म्को यात्रा गर्न सकिन्छ ।

TOP