प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सहाराका सदस्यलाई वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः October 11, 2026
  • हाम्रो पालिका
सहाराका सदस्यलाई वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

फिक्क्ल: इलाम नगरपालिका १० गोदकमा एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द्रले संस्थामा आवद्ध महिला समुह तथा अविभावकका लागि एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न गरेको हो ।
महिला समुहकी अध्यक्ष शुस्मा गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४ वटा समुहका ४० बढी सदस्य तथा अविभावकको सहभागिता रहेको थियो । कार्यक्रममा सहारा नेपालले प्रदान गर्दै आएका सेवा सुविधा, बचत ऋण बारे जानकारी, वित्तीय साक्षरता , बस्तु तथा सेवाको जानकारी साथै कृषि र पशु सेवा सुविधा बारे जानकारी गराईएको थियो ।


फिक्कल सेवा केन्द्र सहयोग समिति सदस्य जिवनाथ खतिवडाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द्र प्रमुख कल्पना ढुंगाना, संस्थाका पशु प्राविधिक रमेश घिमिरे, कर्मचारी दुर्गा बहादुर राउत, प्रेम राज राई र सहयोग समिति सदस्य प्रेम अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।
संस्थाका कर्मचारी संजय राजबंशीले संचालन गर्नु भएको कार्यक्रममा महिला सदस्य पिंगला देवि चौहान र अविभावक बाल कुमार राईले आफनो धारणा राख्दै सस्ंथाले गराएको पुर्नतार्जकी कार्यक्रम उपलब्धी मुलक भएको बताउनु भएको थियो । कार्यक्रममा गोलापर्थाबाट पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

TOP