कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सहाराका सदस्यलाई वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
सहाराका सदस्यलाई वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न

फिक्क्ल: इलाम नगरपालिका १० गोदकमा एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द्रले संस्थामा आवद्ध महिला समुह तथा अविभावकका लागि एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजकी कार्यक्रम सम्पन्न गरेको हो ।
महिला समुहकी अध्यक्ष शुस्मा गुरागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४ वटा समुहका ४० बढी सदस्य तथा अविभावकको सहभागिता रहेको थियो । कार्यक्रममा सहारा नेपालले प्रदान गर्दै आएका सेवा सुविधा, बचत ऋण बारे जानकारी, वित्तीय साक्षरता , बस्तु तथा सेवाको जानकारी साथै कृषि र पशु सेवा सुविधा बारे जानकारी गराईएको थियो ।


फिक्कल सेवा केन्द्र सहयोग समिति सदस्य जिवनाथ खतिवडाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड फिक्कल सेवा केन्द्र प्रमुख कल्पना ढुंगाना, संस्थाका पशु प्राविधिक रमेश घिमिरे, कर्मचारी दुर्गा बहादुर राउत, प्रेम राज राई र सहयोग समिति सदस्य प्रेम अधिकारीले प्रशिक्षण दिनु भएको थियो ।
संस्थाका कर्मचारी संजय राजबंशीले संचालन गर्नु भएको कार्यक्रममा महिला सदस्य पिंगला देवि चौहान र अविभावक बाल कुमार राईले आफनो धारणा राख्दै सस्ंथाले गराएको पुर्नतार्जकी कार्यक्रम उपलब्धी मुलक भएको बताउनु भएको थियो । कार्यक्रममा गोलापर्थाबाट पहिलो दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

TOP