पालिका विशेष माईजोगमाईमा उपाध्यक्ष संग युवा उद्यामी कार्यक्रममा युवालाई तालिम अर्थ वाणिज्य कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख जीवनशैली पाँचथरमा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु जीवनशैली सूर्योदयमा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा
Hamropalika menu advertisement

इलामको थुम्केरानीमा माघ २२ गते देखि पर्यटन महोत्सव हुँने

  • प्रकाशित मितिः June 15, 2025
  • हाम्रो पालिका
इलामको थुम्केरानीमा  माघ २२ गते देखि  पर्यटन  महोत्सव हुँने

इलामको माईजोगमाई गाउँपालिकामा थुम्केरानी महोत्सव हुने भएको छ । पर्यटन प्रर्वद्धनको उद्धेश्यले गाउँपालिकाको सहयोगमा थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति माईजोगमाई २ र ६ ले महोत्सव आयोजना गरेको हो । 

महोत्सवमा नेपाल–भारतको सुन्दर दृश्यावलोकनसंगै सांगितिक कार्यक्रम समेत हुनेछ । थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै  १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ । गाउँपालिकाको केन्द्र नयाँबजार देखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मा सम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ ।माघ २२ गतेबाट २४ गतेसम्म महोत्सव चल्नेछ ।

विश्वको तेस्रो अग्लो हिमशृखला, दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्ड) ,एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको छ । महोत्सवमा लोक गायक इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई,नवीन सुवेदी लगायत स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ । मुख्य आकर्षणको रुपमा हास्यकलाकारः– सुबोध गौतम (एदुमे) रहेका छन् ।

एक्सीम्बल ब्यान्डको लाइभ कन्सर्टका साथै विभिन्न जातजातिका कलाकारहरुको झाकी नाच हुनेछ । आन्तरिक एवम बाह्य पर्यटकहरुलाई थुम्केरानीको बारेमा जानकारी दिने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । माइजोगमाईस्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको अायोजक समितिका अध्यक्ष राजेश थामी बताउँछन् ।

लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक ५० देखि १०० को हाराहारीमा पर्यटक पुग्ने गरेका छन् ।महोत्सवमा स्थानीय कुरालाई प्राथमिकता दिईने छ।

TOP