जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको थुम्केरानीमा माघ २२ गते देखि पर्यटन महोत्सव हुँने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको थुम्केरानीमा  माघ २२ गते देखि  पर्यटन  महोत्सव हुँने

इलामको माईजोगमाई गाउँपालिकामा थुम्केरानी महोत्सव हुने भएको छ । पर्यटन प्रर्वद्धनको उद्धेश्यले गाउँपालिकाको सहयोगमा थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समिति माईजोगमाई २ र ६ ले महोत्सव आयोजना गरेको हो । 

महोत्सवमा नेपाल–भारतको सुन्दर दृश्यावलोकनसंगै सांगितिक कार्यक्रम समेत हुनेछ । थुम्केरानीबाट झुल्के घामको दृश्य अवलोकनका साथै  १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँहरुको दृश्य अवलोकन गर्न सकिन्छ । गाउँपालिकाको केन्द्र नयाँबजार देखि थुम्केरानी, जौबारी, तुम्लिङ्ग, टंङ्लु,मेग्मा सम्मको पैदल यात्रा समेत महोत्सवको आकर्षणको रुपमा रहेको छ ।माघ २२ गतेबाट २४ गतेसम्म महोत्सव चल्नेछ ।

विश्वको तेस्रो अग्लो हिमशृखला, दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्ड) ,एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकनको व्यवस्था मिलाइएको छ । महोत्सवमा लोक गायक इन्द्र गुरुङ, पदम राई, विजय मुकारुङ राई,नवीन सुवेदी लगायत स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ । मुख्य आकर्षणको रुपमा हास्यकलाकारः– सुबोध गौतम (एदुमे) रहेका छन् ।

एक्सीम्बल ब्यान्डको लाइभ कन्सर्टका साथै विभिन्न जातजातिका कलाकारहरुको झाकी नाच हुनेछ । आन्तरिक एवम बाह्य पर्यटकहरुलाई थुम्केरानीको बारेमा जानकारी दिने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । माइजोगमाईस्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको अायोजक समितिका अध्यक्ष राजेश थामी बताउँछन् ।

लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक ५० देखि १०० को हाराहारीमा पर्यटक पुग्ने गरेका छन् ।महोत्सवमा स्थानीय कुरालाई प्राथमिकता दिईने छ।

TOP