जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

कन्याममा सिसाको पुल र साइक्लिङ ट्रयाकको निर्माण शुरु

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
कन्याममा सिसाको पुल र साइक्लिङ ट्रयाकको निर्माण शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले कन्याममा नयाँ पर्यटकीय गन्तव्यका रुपमा सिसाको पुल (ग्लास ब्रिज)सहितको साइकल ट्रयाकको निर्माण कार्यको थालनी गरेको छ । मंगलबार एक कार्यक्रमबा बिच १ सय ५० मिटर लामो सिसाको पुल (ग्लास ब्रिज) र १३ दशमलब ५ मिलोमिटर साइकल ट्रयाक निर्माणका लागि शिलान्यास गरिएको हो ।
पर्यटकलाई थप आकर्षित गर्नका लागि नगरले शान्तिचोकको मानेडाँडामा सिसाको पुल निर्माण गरी कन्याम देखि पूर्णे डाँडासम्म १३ दशमलब ५ किलोमिटर साइकल ट्रयाकका निर्माणको काम शुरु गरेको छ । नगरको गौरवको आयोजनाका रुपमा देशमै पहिलो पटक उक्त लम्बाई भएको सिसाको पुलको निर्माण शुरु गरिएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । उक्त आयोजनाको शिलान्यास गर्दै नगर प्रमुख राईले पर्यटकीय क्षेत्रमा नयाँ आयाम थपिएको बताउनु भयो । नष्र प्रमुख राईले भन्नु भयो‘सडक निर्माणले मात्र बिकास हुँदैन, दिर्घकालिन आयआर्जनको स्रोत भनेको पर्यटन नै हो ।’ उहाले सिसाको पुल सहितको साइकल ट्रयाक निर्माणले त्यस क्षेत्रका स्थानीयको आयस्तरमा सुधार हुँने बताउनु भयो । नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईका अनुसार प्रदेश १ सरकारको नव प्रर्वतन साँझेदारी कोष र नगरपालिकाको संयुक्त लगानीमा दुई बर्ष भित्रमा यी आयोजनाको काम सम्पन्न हुँने छन् ।
सूर्योदय नगरपालिकाका र प्रदेश १ सरकारको नवप्रवर्धन साझेदारी कोषको गरी ७ करोड ९३ लाख ६४ हजार रुपियाँ लागतका २०८१ माघमा काम सम्पन्न गर्ने गरी बी.एस कन्ट्रसन कम्पनीले ठेक्कका लिएर काम शुरु गरेको नगरका आर्किटेक इन्जिनियर सिर्जन गदालले जानकारी दिनु भयो । १ सय ५० मिटर लामो उक्त सिसाको पुल अत्याधुनिक शैलिमा निर्माण गरिने जनाइएको छ । नगरले देशकै लामो र आधुनिक सिसाको पुल भएको दावी गर्दै आएको छ । उक्त पुल निर्माण भए पछि पर्यटकले पुलबाट सहजै नेपाल र भारतका बिभिन्न भूभागको अवलोकन गर्न पाउने छन ।
यस्तै १३ दशमलब ५ किलोमिटर साईकल ट्रयाक निर्माणका लागि सूर्योदय नगरपालिकाका र प्रदेश १ सरकारको नवप्रर्वतन साझेदारी कोषको गरी ५५ लाख ५० हजार रुपियाँको लागतमा २०७९ असार मसान्त सम्मा सक्ने गरी राजलवट निर्माण सेवाले ठेक्क सम्झौता गरी काम शुरु गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनु भयो । साईकल ट्रयाकले सूर्योदयको वडा नम्बर ६, ७,८, १०, ११ र १२ नं. वडालाई समेटने छ । चियाबारीलाई फक्को मार्दै साईक्लिङ गर्न पर्यटकले ट्रयाक निर्माणको काम सम्पन्न भए पछि पाउने छन् ।
पुल र साइकल ट्रयाक सञ्चालमा आएपछि देशभरका साइकलयात्रीले इलामको सौन्दर्य हेर्दै नागवेली पथमा यात्रा गर्न पाउनेछन् । पर्यटकलाई नयाँपन दिनका लागि नयाँ योजना सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।सूर्योदय नगरपालिका –६ को कन्याममा रहेको डुँडे गैरादेखि सूर्योदय नगरपालिका –११ को पूर्णेडाँडासम्म साइकल ट्रयाक निर्माण हुनछ । नगर प्रमुख राईले पर्यटकको रोजाइमा रहेको सूर्योदयमा ग्लास ब्रिज र साइकल ट्रयाक निर्माणले देशभरका पर्यटकको ध्यान तान्ने बताउनु भयो ।

परियोजना अन्तर्गत सूर्योदय ६ को कन्याममा ५९ साख ८३ हजार रुपियाँको लागतमा साँझा सुविधा केन्द्र निर्माण गरीने छ । जहा ताजा सागसब्जी र तरकारीको संकलन र बिक्री केन्द्र रहने छ । यस्तै परियोजनाले लोपोन्मुख लेप्चाजातिको फेन्सीङ गुम्बाको मर्मत गरिने छ । परियोजनाले मन्यूमेन्ट पार्क र हेल्थ पार्कसमेत निर्माण गरेको छ । उक्त परियोजनाभित्रै कन्याम लगायतका स्थामा चारवटा शौचालय निर्माण गरिनेछ ।उक्त परियोजनाले पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउनका लागि अर्गानिक उत्पादन सम्बन्धी सचेतना कार्यक्रम, स्थानीय खाद्य परिकार तयारी सम्बन्धी र जैविक मल उत्पादन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरीसकेको छ । आयोजना संचालन भएका आसपासका महिलालाई ब्यवसायिक बनाउने आयोजनाको लक्ष्य रहेको छ ।
इन्जिनियर गदालले उक्त परियोजना जिल्लामै पर्यटकका लागि ‘नयाँ प्रोडक्ट’ भएको जानकारी दिनुभयो । नगरपालिकाले यस अघि नै कन्याम र अन्तुको ब्युटिफिकेशन गरिसकेको छ । कन्याममा निजी क्षेत्रबाट स्वाई वाल्क र प्याराग्लाइडिङ संचालन गरिदै आएको छ । प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदयको कन्याम र अन्तु स्वदेशी पर्यटकले बाह्ै महिना भिड्मभाड हुने गरेका छन ।

TOP