Hamropalika menu advertisement

आत्मदाहको प्रयास गर्ने इलामका आचार्यको अवस्था चिन्ताजनक

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
आत्मदाहको प्रयास गर्ने इलामका आचार्यको अवस्था चिन्ताजनक

इलाम: आत्मदाहको प्रयास गर्ने इलामका प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । आज साझ आचार्यको स्वास्थ्य अवस्था बुझन स्वास्थ्य राज्यमन्त्री डा। तोषिमा कार्की कीर्तिपुर अस्पतालमा पुग्नुभएको छ । राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिनुभएको छ ।

राज्यमन्त्री कार्कीले भन्नुभयो, ‘‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’’अस्पतालका चिकित्सक डा। सुरेन्द्र जङ्ग बस्नेतले उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उहाँको अवस्था चिन्ताजनक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘आचार्य होसमा रहेको र मान्छे चिन्नु भएको छ ।’’

आचार्यलाई त्यहाँको बर्न अस्पतालमा राखिएको छ । मङ्गलबार नै नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको असफल प्रयास गरेका थिए ।

TOP