पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सशस्त्र प्रहरीको अगुवाईमा इलाम र पशुपतिनगरमा सरसफाई

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
सशस्त्र प्रहरीको अगुवाईमा इलाम र पशुपतिनगरमा सरसफाई

फिक्कल: २२ औं सशस्त्र प्रहरी दिव २०७९ को अवसरमा इलाम बजारका बिभिन्न स्थानमा आज सरसफाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामको अगुवाईमा बिभिन्न कार्यालयका प्रमुख तथा संस्थाका प्रतिनिधिको उपस्थितिमा लभडाँडा पार्क सहित चिया बगान क्षेत्रमा सरसफाई गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नंम्बर १ गण हेडक्वाटर श्री अन्तु गुल्म इलामका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटा, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, सुरक्षा निकायका प्रमुख , इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा , ७ नम्बर वडाका वडाध्यक्ष नरेश श्रेष्ठ संघ संस्थाका प्रतिनिधि र स्थानीयको उपस्थितिमा सरसफाई गरिएको छ ।
यसै बिच दिवसकै अवसरमा सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगर र इलाका प्रहरी कार्यालयको अगुवाईमा पशुपतिनगर बजारको सीमा क्षेत्रमा सरसफाई गरिएको सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक दिनेश आचार्यले जानकारी दिनु भयो । उहाका अनुसार प्रहरी सहित भारतीय सीमा सुरक्षाबल (एसएसबी), टयाक्सी ब्यवसायी लगायतका सक्रियतामा पशुपतिनगर बजारको नेपाल भारत सीमा क्षेत्रमा सरसफाई गरिएको छ । बिशेषत सीमा सुरक्षामा खटीएको सशस्त्र प्रहरीले बिपदको समयमा उद्धारका काम समेत गर्दै आएको छ ।

TOP