पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

रोङ गाउँपालिकालाई ताजा तरकारी उत्पादनका लागि १ करोड सहयोग प्राप्त

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
रोङ गाउँपालिकालाई ताजा तरकारी उत्पादनका लागि १ करोड सहयोग प्राप्त

फिक्कल: इलामको रोङ गाउँपालिकाले सहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादनका लागि एक करोड रुपैयाँ बजेट प्राप्त गरेको छ ।
आगामी असार मसान्त सम्ममा सम्पन्न गर्ने गरी सहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रम अन्र्तगत कृषि मन्त्रालय मार्फत उक्त बजेट पाउने भएको हो । कृषि अन्र्तगतको उक्त बजेट अर्थ मन्त्रालय मार्फत गाउँपालिकाले पाउने छ ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माको विशेष चासो र योजना अनुसार उक्त बजेट प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । अध्यक्ष स्याङबोले कम लागतमा गुणस्तरीय तरकार िउत्पादन गर्ने गरी काम थाल्ने बताउनु भयो । उहाले भन्नु भयो ‘यो कार्यक्रमले तराईमा हुने डुवाउ लगायतका समयमा हुँने तरकारीको हाहाकार टार्छ ।’ उक्त पालका झापा संग जोडिएकाले उत्पादित तरकारी झापा नै जाने गरेको छ ।
उहाले तराईका बजारमा भारतीय तरकारी आउनु, भारतीय तरकारी संग स्थानीय उत्पादनले प्रतिष्पर्धा गर्न नसक्नु र माग र उत्पादनका तालमेल नमिल्नु जस्ता कारणले तरकारीको बजारीकरणमा समस्या रहेको बताउनु भयो । रोङले गुन्द्रुक सिन्कीको ब्राण्डीङको काम समेत गर्दै छ ।

TOP