जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

रोङ गाउँपालिकालाई ताजा तरकारी उत्पादनका लागि १ करोड सहयोग प्राप्त

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
रोङ गाउँपालिकालाई ताजा तरकारी उत्पादनका लागि १ करोड सहयोग प्राप्त

फिक्कल: इलामको रोङ गाउँपालिकाले सहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादनका लागि एक करोड रुपैयाँ बजेट प्राप्त गरेको छ ।
आगामी असार मसान्त सम्ममा सम्पन्न गर्ने गरी सहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादन अभिबृद्धि कार्यक्रम अन्र्तगत कृषि मन्त्रालय मार्फत उक्त बजेट पाउने भएको हो । कृषि अन्र्तगतको उक्त बजेट अर्थ मन्त्रालय मार्फत गाउँपालिकाले पाउने छ ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माको विशेष चासो र योजना अनुसार उक्त बजेट प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । अध्यक्ष स्याङबोले कम लागतमा गुणस्तरीय तरकार िउत्पादन गर्ने गरी काम थाल्ने बताउनु भयो । उहाले भन्नु भयो ‘यो कार्यक्रमले तराईमा हुने डुवाउ लगायतका समयमा हुँने तरकारीको हाहाकार टार्छ ।’ उक्त पालका झापा संग जोडिएकाले उत्पादित तरकारी झापा नै जाने गरेको छ ।
उहाले तराईका बजारमा भारतीय तरकारी आउनु, भारतीय तरकारी संग स्थानीय उत्पादनले प्रतिष्पर्धा गर्न नसक्नु र माग र उत्पादनका तालमेल नमिल्नु जस्ता कारणले तरकारीको बजारीकरणमा समस्या रहेको बताउनु भयो । रोङले गुन्द्रुक सिन्कीको ब्राण्डीङको काम समेत गर्दै छ ।

TOP