पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना पालिका विशेष सूचना अर्थ वाणिज्य सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट अर्थ वाणिज्य चुलाचुली गाउँपालिकाले ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा बनाउने अर्थ वाणिज्य रोङका अभिभावकविहीन विद्यार्थीलाई मासिक २ हजार ‘उज्यालो भविष्य भत्ता’
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको १२ औं अधिवेशन

  • प्रकाशित मितिः August 19, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको १२ औं अधिवेशन

फिक्कल: इलामको पर्यटकीय नगरी सूर्योदयको १२ औ नगर अधिवेशन सुरु भएको छ । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा सुरु भएको अधिवेशनमा विभिन्न ऐन संसोधनका लागि प्रस्ताव राखिएको छ । अधिवेशनको पहिलो दिन वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जनले आधारभुत तथा माध्यमिक शिक्षा ऐन २०७६ संसोधनका लागि प्रस्ताव राखेका छन् ।

वडा नं २ का वडाध्यक्ष एवम सामाजिक विकास समिति संयोजक डिक बम्जनले स्वास्थ्य ऐन २०७८ को संसोधनको लागि नगर सभामा प्रस्ताव राखेका छन् । कार्यपालिका सदस्य लतादेवी अधिकारीले गत आर्थिक बर्षमा सम्पन्न भई भुक्तानी भएका योजना जाँचपास तथा फरफारक सम्बन्धी प्रस्ताव नगरसभा राखेकी छन् । नगर उपप्रमुख दुर्गाकुमार बरालले चालु आर्थिक बर्षको विनियोजन ऐन र आर्थिक ऐन २०७९ संसोधनको लागि प्रस्ताव राखेका छन् ।

वडा नं ४ का वडाध्यक्ष शरण राईले नगरपालिकाको सडक गुरुयोजनामा सडक थप र नामाकरणका लागि प्रस्ताव गरेका छन् । १४ वटै वडाका वडाध्यक्षले कार्यालय संचालनको प्रतिवेदेन नगर अधिवेशनमा प्रस्तुत गरेका थिए ।
त्यसैगरी नगरका विभिन्न विषयगत समितिहरुले प्रस्ताव राखेका थिए । गणेशकुमार खड्काले अर्थ तथा सार्वजनिक लेखा समितिको प्रस्ताव राखेका थिए ।

शरण लिम्बुले विधान समिति, बिमल राईले सामाजिक समिति, सुकु योल्मुले कृषि तथा पर्यटन पुर्वाधार तथा प्राकृतिक समितिको प्रस्ताव राखेका छन् । न्यायिक समिति र अनुगमन तथा निरिक्षण समितिको नगर उपप्रमुख दुर्गाकुमार बरालले प्रस्ताव राखेका छन् । नेपाल–भारत सिमाना सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा शसस्त्र प्रहरीको विओपी स्थापनाका लागि जग्गा स्वामित्व हस्तान्तरण सम्बन्धी वडाध्यक्ष राजकुमार सेरेङले प्रस्ताव राखेका थिए ।

साविक गोर्खे गाविसको स्वामित्वमा रहेको २ रोपनी ८ आना जग्गा शसस्त्र प्रहरीलाई दिन सेरेङले प्रस्ताव राखेको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । आगामी माघ ९ गते प्रस्तुत भएका प्रस्ताव माथि छलफलको कार्यक्रम तय गरिएको छ ।

TOP