इलाम नगरपालिकाको १२ औं नगरसभा सम्पन्न – Hamropalika
पर्यटन इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु पालिका विशेष ‘इलम इलाम’ अवधारणसहित कांग्रेस उम्मेदवार खड्काका यी हुन् ८ मुद्दा जीवनशैली इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने अर्थ वाणिज्य इलामको फिक्कलमा बैशाख ३ र ४ गते सडक महोत्सव हुने अर्थ वाणिज्य सूर्योदयका १ सय ९६ जना किसानलाई काउ म्याट बितरण Uncategorized सूर्योदयका १ सय ९६ जना किसानलाइ काउ म्याट बितरण अर्थ वाणिज्य अन्तु महोत्सव आजबाट शुरु अर्थ वाणिज्य रोङको हाँसपोखरीमा आजबाट पर्यटन तथा कृषि महोत्सव शुरु हुदै प्रदेश १ कांग्रेसका डम्बर खड्कालाई भोट माग्न इलाम २ का मतदाताको घरदैलोमा गगन थापा प्रदेश १ रास्वपाका मिलन लिम्बू चुनावी प्रचार गर्दै मतदाताका घर-घरमा
Hamropalika menu advertisement

इलाम नगरपालिकाको १२ औं नगरसभा सम्पन्न

  • प्रकाशित मितिः April 19, 2024
  • hamro_palika

इलाम नगरपालिकाको  बाह्रौं   नगरसभा शुक्रबार सम्पन्न भएको छ । हिउँदे सभाको रूपमा लिइएको यो नगरसभा संशोधित बजेट, कानुन, ऐन नियम र कार्यविधिहरू स्वीकृत गर्दै सम्पन्न भएको हो । नगरप्रमुख केदार थापाले उद्घाटन गरेको नगरसभाले ३३ वटा बिषेश प्रस्ताबहरु स्वीकृत गरेको छ ।

बाह्रौं नगरसभामा पेश भएका विशेष प्रस्तावहरु

वि.सं. २०१५ सालमा स्थापना भइऐतिहासिक, प्राकृतिक,सांस्कृतिक साथै कृषि जन्य उद्यमकादृष्टिले र हरित नगरका रुपमा राष्ट्रीय एवं अन्तर्राष्ट्रीय क्षेत्रमासुपरिचित यसपर्यटकीय नगर इलाम नगरपालिकाको समृद्धिको आधारका रुपमा रहेका कृषि तथा पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनका कार्यक्रमहरु संचालनका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने ।

इलाम नगरमा पशुपालन क्षेत्रको व्यवसायीकरण, बजारिकरण र आधुनिकिकरणका लागि आधुनिक पशु बधशाला निर्माणमा सहयोग गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने ।

नेपाल सरकारबाट पूर्वी पहाडको पाँचथर र इलाम मध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन भई मेडिकल कलेज स्थापनाका लागि संभावित जग्गा तथा पूर्वाधार पहिचान भई जग्गा प्राप्तिका लागि प्रारम्भिक प्रक्रियाहरु अगाडि बढि सकेको हुँदा सो इलाम मेडिकल कलेज स्थापनाका लागि नेपाल सरकार, शिक्षा मंन्त्रालयमा अनुरोध गर्ने ।

इलाम नगरपालिका वडा नं. ७ स्थित कृषि तथा पशु पंक्षी बजारको स्तरोन्नति तथा फलफुल तथा तरकारीहरुमा विषादी प्रयोगलाइ नियन्त्रण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने ।

नेपाल सरकारबाट ५०सैयाको अस्पतालका रुपमा घोषणा गरिएको तथा प्रस्तावित मेडिकल कलेजको पूर्वाधारको रुपमा समेत रहेको इलाम अस्पतालमा आठ जना विशेषज्ञ सेवासहित १६ जना डाक्टरको दरबन्दी स्वीकृत भए पनि दरबन्दी अनुरुप विशेषज्ञ डाक्टरको पदपुर्ति हुन नसक्दा  इलामका आम नागरिक स्वास्थ्य सेवाको लागि जिल्ला बाहिर जान बाध्य हुन परेको छ । यसर्थ यस अस्पताललाइ सरकारद्वारा घोषित स्तरमा संचालन गर्न र ३०० शैयाको अस्पतालमा रुपान्तरणका लागि प्रकृया अगाडि बढाई दिन नेपाल सरकारलाई अनुरोध गर्ने ।

इलाम अस्पतालमा रहेको डायलोसिस मेसिन सञ्चालनका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराइ सहयोग गरी दिन नेपाल सरकारलाई अनुरोध   गर्ने ।

मिति २०७९ साल माघ १ गते पोखरामा यति एयरलायन्सको एटीआर विमान दुर्घटनामा परि दिवंगत हुनु भएका संपूर्ण यात्री एवं विमान चालक दलका कर्मचारीहरु को चीर शान्तिको कामना गर्दै शोक प्रस्ताव पारित गर्ने ।

नेपाल वायु सेवा निगमद्वारा इलाम- काठमाडौंका लागि व्यवसायिक उडानको शुरुवात भइ सकेको इलाम नगरपालिका वडा नं. ९ स्थित फाल्गुनन्द सुकिलुम्वा विमानस्थलमाहवाइ उडानलाइ नियमित, सुरक्षित र पर्यटन प्रबर्द्वक सेवाका रुपमा सुचारु तुल्याउन विमानस्थलको आवश्यक भौतिक पुर्वाधार लगायत पहुंच मार्गको स्तरोन्नतीका लागि नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ अनुरोध गर्ने ।

नेपालको प्रथम चिया बगानका रुपमा रहेको इलाम नगरपालिका वडा नं. ६ र ७ मा अवस्थित ऐतिहासिकइलाम चिया बगान क्षेत्रलाइ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास एवं सौन्दर्यीकरण गर्न कार्यक्रमिक सहयोगका लागि संघीय सरकार तथा प्रदेश सरकारमा अनुरोध गर्ने ।

इलाम नगरपालिका वडा नं ४, ५, ६, ७ र ९ को वडा प्रशासनिक भवन निर्माण सुधार तथा नयाँ निर्माणका लागि सहयोग गरि दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने।

मेची राजमार्ग अन्तर्गत राजदुवालीदेखि पेनस्टक लाइनसम्मको क्षेत्र वर्षेनी भासिदै गएको र कुनै पनि समयमा यातायात अवरुद्ध हुन सक्ने भएकोले सिमलगोलाइ वा बगैचा क्षेत्रबाट वैकल्पिक राजमार्ग निर्माण गर्न प्रदेश सरकार तथा नेपाल सरकारमा अनुरोध गर्ने ।

मेची राजमार्गको अवस्था जीर्ण भएकोले मर्मत सुधार गरि दिन र सो राजमार्गको सवारी चापलाई मध्यनजर गरी सडकको चौडाई बिस्तार गर्न संघीय सरकारमा अनुरोध गर्ने ।

इलाम नगरपालिका वडा नं. ९ र १२ को पुवाखोलाको रातेबगरमा, केचना कंचनजंघा राजमार्गअन्तर्गत इलाम नगरपालिका वडा नं. ९ र ११ को भाङटार ठाडे खोलामा र इलाम नगरपालिका वडा नं. ४ बाट पुवामझुवा जोड्ने हाइड्रो पावर क्षेत्रमा पक्की पुल निर्माणका लागि नेपाल सरकारलाई पुनः अनुरोध गर्ने ।

इलाम सदरमुकामलाई अन्य पालिकाहरुसँग जोड्ने सडकहरु गोदक सिमलगोलाइ बेनीनगर तिल्केनी वैकल्पिक राजमार्ग, फाल्गुनन्द सुकिलुम्वा विमानस्थल माङसेबुङ्ग सडक, इलामबजार माइपोखरी सन्दकपुर सडक, रत्नचोक इन्टेक साङ्गरुम्वा मंगलबारे सडक, रिब्स सुम्बेक सडक, सिंगफ्रिङ्ग नयाबजार सडक, बेनीनगर बज्रदेवी नयाँबजार सडक, लगायतका सडकहरु कालोपत्रे गर्नका लागि संघीय तथा प्रदेश सरकारसँग पुनः माग गर्ने ।

इलाम नगरपालिकाद्वारा सञ्चालित इलाम सामुदायिक आँखा अस्पतालमा गुणस्तरीय सेवा संचालन गर्न संघीय सरकार, प्रदेश सरकारसंग अनुरोध गर्ने ।

इलाम नगरपालिका वडा नं ३ स्थित पाटेनागी र वडा नं ८ स्थित खर्कपोखरी पर्यटकीय क्षेत्रको विकासका लागि सहयोग गरि दिन संघीय तथा प्रदेश सरकारमा अनुरोध गर्ने ।

नगरको फोहोरमैला व्यवस्थापन कार्यका लागि आवश्यक उपकरण उपलब्ध गराउन, खाल्डे फोहोरमैला व्यवस्थापन केन्द्रको स्तरोन्नति गर्न तथा इलाम बजार क्षेत्रको सौन्दर्यीकरणका लागि आवश्यक सहयोग गरि दिन प्रदेश सरकार तथा संघीय सरकारमा अनुरोध गर्ने ।

इलाम नगरपालिका क्षेत्रलाई गाईपालनको केन्द्रको रुपमा विकास गर्न नगरपालिकाद्वारा गरिएका प्रोत्साहनमुखी कार्यक्रमलाइ निरन्तरता दिंदै दूध उत्पादनमा अग्रणी स्थानमा रहेको यस क्षेत्रमा दुग्धजन्य उत्पादनको सहज बजारीकरणका लागि नगर क्षेत्रमा दुध पाउडरको कारखाना स्थापनाका लागि दुग्ध विकास संस्थानमा अनुरोध गर्ने ।

वन्यजन्तु र मानव वीचको द्वन्द्वलाई व्यवस्थापन गर्न प्रचलित ऐन संशोधनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने । स्थानीय जातका फलफूल, कन्दमूल र रैथाने बोटविरुवालाई प्राथमिकता दिन र मासिक रुपमा कृषि तथा भेटनरी प्राविधिकसहितको कृषक चौतारीको व्यवस्थापन गर्न सामुदायिक वन उपभोक्ता समूहलाई अनुरोध गर्ने ।

पर्यटन प्रवर्धनको लागि इलाम बजारलाई केन्द्र मानेर आसपासका क्षेत्रहरुमा पर्यटकीय आकर्षणको विकास गर्ने,प्याकेज तयार गरी सरोकारवाला व्यक्ति, संघसंस्थामार्फत बजारीकरण गर्ने र उल्लिखित कार्यमा सहयोगको लागि नेपाल पर्यटन बोर्डलाई अनुरोध गर्ने ।

स्थानीय उपजको बजारीकरण, स्थानीय रोजगारी सिर्जना र स्थानीय उद्यमको प्रबर्द्वनका लागि इलाम नगरपालिका वडा नं ८ बुंगदामेटारमा औद्योगिक ग्राम स्थापनामा सहयोग गर्न प्रदेश तथा संघीय सरकारमा अनुरोध गर्ने ।

इलामको कृषि र पर्यटन प्रबर्द्धनका लागि सिक्किम गान्टोक म्यूनिसिपल सँग अन्तर स्थानीय तह भगिनि सम्बन्ध स्थापनाको स्वीकृतीका लागि थप पहल गर्नुका साथै जापानको अनान सिटी सँग समेत भगिनि सम्बन्ध स्थापनाका लागि आवश्यक प्रकृया अघि बढाउने ।

वि.सं. १९२० सालमा स्थापित नेपालको सबै भन्दा पुरानो इलाम सदरमुकाम स्थित चिया बगान र  वि.सं. १९३५ सालमा स्थापित मुलुकको सवैभन्दा पुरानो कारखाना क्षेत्रलाइ चिया संग्राहलय र चिया अध्ययन अन्वेषणकेन्द्रका रुपमा विकास गरि विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रकृया अगाडी बढाउन र इलाम चिया बगानका खाली जग्गामा बृहत चिया रोपण अभियान चलाई बगानको संरक्षण गर्न नेपाल सरकार र बगान लिजमा लिई सञ्चालन गर्ने त्रिवेणी ग्रुपलाई समेत अनुरोध गर्ने ।

इलाम नगरपालिका वडा नं. १ साखेजुङ्गमा सञ्चालित रत्न कुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटलाई नमुना इन्स्टिच्युटको रुपमा रुपान्तरण गर्दै सो इन्स्टिच्युटमा नर्सिङ्ग, एच.ए. लगायतका थप शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागी सम्बन्धित निकायमा माग गर्ने ।

इलाममा खेलकुद क्षेत्रको सम्भावनालाई उजागर गर्दै खेलकुदको विकास गर्न इलाम नगरपालिका वडा नं १० राजदुवालीस्थित माई भगवती रंगशाला निर्माण सम्पन्न गर्न र इलाम नगरपालिका वडा नं ७ स्थित ठूलो टुँडिखेललाई आधुनिक रंगशाला बनाउन साथै इलाम नगरपालिका वडा नं ७ मा रहेको खेलकुदको जमिनमा खेलकुद भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गर्ने ।

इलाम नगर क्षेत्रका खानेपानी अभाव रहेका बस्तीहरुका लागि खानेपानी योजना सञ्चालन गर्ने गराउने कार्यमा सहयोग गरि दिन संघीय तथा प्रदेश सरकारमा अनुरोध गर्ने ।

बैज्ञानिक र यथार्थपरक रुपमा बहालकरको दायरालाइ व्यवस्थित गरि घरबहाल करमा आधारित राजस्वमा बृद्धि गर्न घर बहाल कर प्रयोजनका घर/ भवन रहेको स्थान/ क्षेत्र , सडकको प्रकार, घरको प्रकृति, कोठाको अवस्थिति र चलन चल्तीको घर बहालरकम समेतका आधारमा करदाताहरुको बैज्ञानिक रुपले बर्गिकरण गरि आगामी आर्थिक बर्ष देखि बैज्ञानिक आधार सहितको घर बहालकर लागु गर्ने प्रयोजनका लागि प्रत्येक क्षेत्रको न्यूनतम बहाल रकम निर्धारण गर्न आवश्यक अध्ययन गरि लगत तयारी गर्ने ।

इलाम नगरपालिका वडा नं. ९ शेरा कोल्डस्टोर रहेको क्षेत्रको जग्गा इलाम नगरपालिकाबाट संचालित सामुदायिक कृषि क्याम्पसलाई उपलब्ध गराउने प्रकृया अघि बढाउने ।

करदाता सेवा कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई इलामलाइ इलाम नगरपालिका वडा नं ७ स्थित मालपोत कार्यालयको नाममा रहेको जग्गा उपलब्ध गराउने कार्यमा आवश्यक समन्वय र सहजीकरण गर्ने ।

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सो प्रतिष्ठानका लागि आवश्यक जग्गा व्यवस्थापनको कार्यलाइ सर्वपक्षीय सहकार्यमा अघि बढाउने ।

इलाम जिल्लाको सदरमुकाममा रहेको यस नगरपालिकाले जिल्ला स्थित संपूर्ण सरकारी गैर सरकारी तथा सामुदायिक तहका निकायहरु संग समन्वय गर्दै बहु विषयगत क्षेत्रका कार्यक्रमहरुमा सहयोग तथा सहकार्य गर्नु पर्ने भएकोले सो का लागि थप बजेटीय अनुदानका लागि प्रदेश तथा संघीय सरकार संग विशेष अनुरोध गर्ने ।

इलाम नगरपालिका वडा नं. ७ मा स्थित अरनिको साँस्कृतिक संग्राहलयमा रहेको पुस्तकालयलाइ थप स्तरोन्नती गर्नका लागि हाल इलाम उद्योग बाणिज्य संघमा संचालनमा रहेको अमेरिकी कर्नरलाइ स्थानान्तरण गर्न कारवाही अघि बढाउने ।

इलाम नगरपालिकाबाट संचालित सामुदायिक कृषि क्याम्पसन इ.न.पा. ९ लाइ इलाम नगरपालिकाको कोल्डस्टोर रहेको स्थानको जग्गा उपलब्ध गराउन आवश्यक प्रकृया अघि बढाउने ।

TOP