पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार अर्थ वाणिज्य इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा टि-टेस्टीङ
Hamropalika menu advertisement

इलामको माइबेनीमा मकर मेला

  • प्रकाशित मितिः July 10, 2025
  • हाम्रो पालिका
इलामको माइबेनीमा मकर मेला

फिक्कल: इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माइबेनीमा मकर मेला शुरु भएको छ । आज बिहानैबाट माईजोगमाईको दोभानमा मकर नुहाउनेको भिड लागेको हो । यहाँ मकर स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माइबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् । माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको संगम स्थलमा पर्ने बेनीमा मेला लगाउनका लागि केहि दिन अघि देखि नै स्थानीय मेला आयोजक समितिले पहल गरेको थियो । मेलामा स्वदेशी र छिमेकी देश भारतबाट आएका भक्तजनको घुईचो लागेको छ ।
माईमा स्नान गर्न इलाम सहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, झापा सहित छिमेकी देश भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट हजारौँ सर्वसाधारण आउने गरेका छन् । कोरोना महामारीका कारण बिगतका बर्षहरुमा मेला लाग्न पाएको थिएन । मेलामा स्थानीयले उखु, सुन्तला, तरूल बिक्रीका लागि राखेका छन् । उक्त मेलामा उखु, तरुल, राडीपाखी र भाडावर्तनको अत्यधिक ब्यपार हुँने गरेको छ । माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले धार्मीक पर्यटन प्रवर्धन गर्नका लागि मेलाले महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।
मकर सघ्राान्तिका दिन पवित्र नदीमा गएर मकर स्नान गर्ने हिन्दुहरूको धार्मिक प्रचलन भए पनि माइबेनीमा संस्थागत रूपमा मेला लगाउने कार्य तत्कालिन बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको पाइन्छ । विसं १९२० देखि संस्थागत रूपमा माइबेनी मेला लगाउन सुरुवात भएको बताइन्छ। पहिलेपहिले ताप्लेजुङदेखि राडीपाखी, गलैँचा लिएर आउने व्यापारी मेलाबाट फर्कँदा भोटेघोडा बिक्री गरेर जाने गरेको स्थानीय अग्रजहरुको भनाई छ ।

TOP