इलाम नेबिसंघ स्ववियु निर्वाचन केन्द्रीत हुँदै – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

इलाम नेबिसंघ स्ववियु निर्वाचन केन्द्रीत हुँदै

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

फिक्कल: नेपाल बिद्यार्थी संघ इलामले बिभिन्न निर्णय गर्दै तदर्थ समितिको पहिलो बैठक सदरमुकाममा आज सम्पन्न भएको छ । संघका अध्यक्ष टिकाराम पुरिको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियू निर्वाचनलाई मध्यनजर गर्दै संघका जिल्ला उपाध्यक्ष प्रकाश तामाङ्गको संयोजकत्वमा स्वबियू कार्यदल गठन गरेकोे छ । यस्तै संघको बिभिन्न बिभागहरु ग्ठन गरेको छ । दिपिका ढुंगानको संयोजकत्वमा प्रशिक्षण बिभाग, अतिरिक्ति क्रियाकलापको संयोजकत्वमा सुशिल राई, साहित्य तथा सांस्कृतिक बिभागको संयोजकत्वमा कृष्ण पाठक, खेलकुद बिभागको संयोजकत्वमा मुकेश राई रहेका छन् । यस्तै संघले माघ महिनासम्म संगठन बिस्तार गर्ने भएको छ । बिद्यालयमा एकाइ गठनलाई माघ २२ गतेबाट अभियान चाल्ने भएको अध्यक्ष पुरिले बताउनुभयो । संघको पालिका स्तरीय संयोजकहरु समेत तोकेको छ । बैठकबाट संगठन बिस्तारका लागि संघले खटाएको आधिकारीक प्रतिनिधिलाई मात्र मान्यता दिने निर्णय समेत गरेको छ । संघले इलामले छिमेकी पाच जिल्ला पाचथर, ताप्लेजुङ्ग, झापा, मोरङ्ग र सुनसरीसंग सहकार्य गर्दै स्वबियू निर्वाचनमा इलामबाट यि जिल्लाका क्याम्पसमा पढ्दै गरेका संघका बिद्यार्थीले प्रतिनिधि हुन पाउनुपर्ने निर्णय समेत गरेको छ । यस्तै संघको जिल्ला सम्पर्क समिति समेत बनाउने निर्णय गरेको छ । यस्तै संघले पालिका , प्रदेश र जिल्ला अबिधेशनको पनि तयारी समेत थालेको बताइएको छ ।

TOP