जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाम नेबिसंघ स्ववियु निर्वाचन केन्द्रीत हुँदै

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
इलाम नेबिसंघ स्ववियु निर्वाचन केन्द्रीत हुँदै

फिक्कल: नेपाल बिद्यार्थी संघ इलामले बिभिन्न निर्णय गर्दै तदर्थ समितिको पहिलो बैठक सदरमुकाममा आज सम्पन्न भएको छ । संघका अध्यक्ष टिकाराम पुरिको अध्यक्षतामा बसेको बैठकले आसन्न स्ववियू निर्वाचनलाई मध्यनजर गर्दै संघका जिल्ला उपाध्यक्ष प्रकाश तामाङ्गको संयोजकत्वमा स्वबियू कार्यदल गठन गरेकोे छ । यस्तै संघको बिभिन्न बिभागहरु ग्ठन गरेको छ । दिपिका ढुंगानको संयोजकत्वमा प्रशिक्षण बिभाग, अतिरिक्ति क्रियाकलापको संयोजकत्वमा सुशिल राई, साहित्य तथा सांस्कृतिक बिभागको संयोजकत्वमा कृष्ण पाठक, खेलकुद बिभागको संयोजकत्वमा मुकेश राई रहेका छन् । यस्तै संघले माघ महिनासम्म संगठन बिस्तार गर्ने भएको छ । बिद्यालयमा एकाइ गठनलाई माघ २२ गतेबाट अभियान चाल्ने भएको अध्यक्ष पुरिले बताउनुभयो । संघको पालिका स्तरीय संयोजकहरु समेत तोकेको छ । बैठकबाट संगठन बिस्तारका लागि संघले खटाएको आधिकारीक प्रतिनिधिलाई मात्र मान्यता दिने निर्णय समेत गरेको छ । संघले इलामले छिमेकी पाच जिल्ला पाचथर, ताप्लेजुङ्ग, झापा, मोरङ्ग र सुनसरीसंग सहकार्य गर्दै स्वबियू निर्वाचनमा इलामबाट यि जिल्लाका क्याम्पसमा पढ्दै गरेका संघका बिद्यार्थीले प्रतिनिधि हुन पाउनुपर्ने निर्णय समेत गरेको छ । यस्तै संघको जिल्ला सम्पर्क समिति समेत बनाउने निर्णय गरेको छ । यस्तै संघले पालिका , प्रदेश र जिल्ला अबिधेशनको पनि तयारी समेत थालेको बताइएको छ ।

TOP