जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुँने

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुँने

फिक्क्ल: इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्स बिच सहमती भएको हो ।
उडानका लागि चाडै मिति तय हुने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । ‘माघ १ देखि सातामा एक उडान भर्नेे सहमति भएको छ, बार र समयको निश्चित छिटै हुँदै छ’ नगर प्रमुख थापाले भन्नु भयो । उक्त विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । ताराले यात्रु नपाएको भन्दै गत जेठ महिना देखि एकलौटी रुपमा उडान बन्द गरेको थियो । इलाम नगरपालिकाको पहलमा फेरी नेपाल बायु सेवा निगमले उडान सुचारु गर्ने भएको छ ।
इलाममा पाँचथर ,ताप्लेजुङ सहित भारतको दार्जिलिङ सम्मका यात्रुले सेवा पाउने भएका कारण निगमलाई नियमित उडान गर्न आग्रह गरिएको थापाले बताउनु भयो । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । इलामबाट करिब १ घण्टाको उडान अवधिमा काठमाडौं पुगिन्छ ।निगमले भाडादर समेत चाडैै निर्धारण गर्ने छ ।
फाल्गुनन्द विमानस्थ निर्माणको बीस वर्ष पछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल बायु सेवा निगमको ट्वीनटर विमानले परिक्षण उडान गरेको थियो । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो ।

TOP