इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुँने – Hamropalika
अर्थ वाणिज्य कृषि ज्ञान केन्द्र इलामको बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक पर्यटन मेची राजमार्ग मर्मत गर्दै इलाम नगरपालिका अर्थ वाणिज्य फिक्कल बजारमा नगरपालिकाको अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रीएका अखाद्य बस्तु बरामद पालिका विशेष बेलासेमा जलवायु अनुकुलन गाउँ योजना तर्जुमा पालिका विशेष सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न पालिका विशेष रोङमा विद्यालय शिक्षा सुधार अभियान घोषणा अर्थ वाणिज्य पाथीभरा मन्दिरको छानविन प्रतिवेदन सार्वजनिक भएन पालिका विशेष शिक्षा दिवस नजिकिदै गर्दा शिक्षक महासंघ आन्दोलनमा,असोज ३ देखि बिद्यालय बन्द पालिका विशेष इलाम नगरपालिका ९ बाट हत्या आशंकामा तामाङ पक्राउ पर्यटन प्रकृति र संस्कृतिको संयोजनबाट पर्यटनको विकास सम्भब छ : मन्त्री किराती
Hamropalika menu advertisement

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुँने

  • प्रकाशित मितिः September 25, 2023
  • hamro_palika

फिक्क्ल: इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्स बिच सहमती भएको हो ।
उडानका लागि चाडै मिति तय हुने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । ‘माघ १ देखि सातामा एक उडान भर्नेे सहमति भएको छ, बार र समयको निश्चित छिटै हुँदै छ’ नगर प्रमुख थापाले भन्नु भयो । उक्त विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । ताराले यात्रु नपाएको भन्दै गत जेठ महिना देखि एकलौटी रुपमा उडान बन्द गरेको थियो । इलाम नगरपालिकाको पहलमा फेरी नेपाल बायु सेवा निगमले उडान सुचारु गर्ने भएको छ ।
इलाममा पाँचथर ,ताप्लेजुङ सहित भारतको दार्जिलिङ सम्मका यात्रुले सेवा पाउने भएका कारण निगमलाई नियमित उडान गर्न आग्रह गरिएको थापाले बताउनु भयो । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । इलामबाट करिब १ घण्टाको उडान अवधिमा काठमाडौं पुगिन्छ ।निगमले भाडादर समेत चाडैै निर्धारण गर्ने छ ।
फाल्गुनन्द विमानस्थ निर्माणको बीस वर्ष पछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल बायु सेवा निगमको ट्वीनटर विमानले परिक्षण उडान गरेको थियो । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो ।

TOP