जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदय ११ को भवानी आधाभूत बिद्यालय उत्कृष्ठमा छनौट , ९ लाख बढी अनुदान पाउने

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
सूर्योदय ११ को भवानी आधाभूत बिद्यालय उत्कृष्ठमा छनौट , ९ लाख बढी अनुदान पाउने

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नम्बर ११ को भवानी आधाभूत बिद्यालयलाई इलाम जिल्लाको उत्कृष्ठ ब्यवस्थापन भएको सफल सामुदायिक बिद्यालयमा छनौट गरेको छ ।
प्रदेश १ सरकारको सामाजिक बिकास मन्त्रालयले कार्य सम्पादन र ब्यवस्थापनाका आधारमा मन्त्री स्तरीय निर्णयबाट प्रदेश अनुदान कार्यक्रम अन्र्तगत ९ लाख ७५ हजार रुपैयाँ पाउने गरी उत्कृष्ठ र सफल बिद्यालय छनौट गरेको हो ।
मन्त्रालयले आगामी १७ गते भित्रमा बिद्यालयलाई सबै बिवरण खुल्ने गरी विवरण पठाउन भनेको बिद्यालयका प्रधानाध्यापक रचना राईले जानकारी दिनु भयो । भवानी आधारभूत बिद्यालयको शैक्षिक, भौतिक वातावरणको मन्त्रालयले अध्ययन गरेको थियो । सूर्योदय नगर क्षेत्रमा रहेका आधारभूत बिद्यालय मध्ये भवानी महिलाले मात्र नेतृत्व गरेको उत्कृष्ठ बिद्यालय हो ।
सूर्योदयको नमुना बिद्यालय बनेको भवानी आधारभुत बिद्यालयमा ८० जना बिद्यार्थी अध्ययनरत छन । एक समय बिद्यार्थीकै आभावमा अर्को बिद्यालयमा गाभिने अवस्था आएको थियो । तर ,पछिल्लो समय प्रधानाध्यापक राई सहित महिलाको नेतृत्वमा बिद्यालयमा आमुल परिर्वतन आएको छ ।
बिद्यालयले स्थानीय शैक्षिक सामग्री र नगर एबं आफनै स्रोतबाट प्राप्त गरेको शैक्षिक सामग्रीको प्रयोग गर्दै बिद्यालयमा कार्यरत शिक्षकको अथाह मेहनतबाट अहिले नगरकै राम्रो बिद्यालयको रुपमा आफुलाई उभ्याएको छ । बिद्यालयले यसरी शैक्षिक गुणष्तरमा छलाङ मारे सगैँ स्थानीय क्षेत्रमा रहेका बिद्यार्थी तथा अभिभावकलाई राहत मिलेको छ । सिमित स्रोत साधनको भरमा पनि बिद्यालयमा कार्यरत शिक्षकको मेहनत नगरपालिका वडा कार्यलयको साथ अभिभावक तथा सरोकारवालाको माया बिद्यालय ब्यवस्थापन समितिको सहयोगले गर्दा बिद्यालयमा सकरात्मक परिर्वतन ल्याउन सफल भएको प्रधानाध्यापक राईले बताउनु भयो ।

TOP