Hamropalika menu advertisement

रोेङको सरस्वती माध्यमिक बिद्यालयमा क्याप्टेन छान्न निर्वाचन

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
रोेङको सरस्वती माध्यमिक बिद्यालयमा क्याप्टेन छान्न निर्वाचन

रोेङ: सरस्वती माध्यामिक बिद्यालयमा आज भएको निर्वाचनमा पाँच जना प्रतिस्पधिलाई पछि पार्दै संजोग साङपाङ बिजयी भएका छन् । बिद्यालयमा स्कुल क्याप्टेन र उप क्याप्टेन छनौटको लागि गरिएको मतदानमा क्याप्टेनमा कक्षा ९ मा अध्ययनरत छात्र संजोग साङपाङले निकटतम प्रतिस्पधि जुनु राईलाई पाँच मतले उछिनेका थिए । जुनुले २९ मत पाउदा सजोगले ३४ मत ल्याएका थिए ।यसैगरि उप क्याप्टेनमा स्पर्स राईले ५२ मत पाउदा उनका निकटतम प्रतिस्पधी दुुर्गा प्रधानले ४८ मत पाएका थिए । उपकप्तानमा दुई मत खाली छाडिएको थियो ।
कक्षा २ देखी कक्षा १० सम्मका कुल १ सय १५ मतदाता रहेकोमा १ सय दुई मत खसेकोमा क्याप्टेनमा १ मत बदर भएको थियो ।हरेक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउने गरिएको बिद्यालयले शिकाईलाई प्रयोगात्मक रुपमा देखाउनको लागि गरिएको निर्वाचनमा निर्वाचन अधिकृतको घोषणा मनोनयन दर्ता,मतदाता नामावली प्रकाशन,दाबि बिरोध,अन्तिम नामावली प्रकाशन,चुनाव, चिन्ह बितरण,प्रचार प्रसार मौन समय मतदान प्रकिया मतगणना र परिणाम घोषणा सहित प्रमािपत्र बितरण लगायतको कार्ययोजना राखि सबै प्रकृया पुरा गरिएको निर्वाचन अधिकृत देबिलाल राईले बताए ।

सोहि कार्यक्रममा शिक्षक सेवाआयोगबाट नवनियुक्त शिक्षक दिर्घराज कार्कीलाई स्वागत गरिएको थियो ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम साङपाङ राईको अध्यक्षतामा भएको कार्यक्रममा बिजयी र सहभागि सबैमा प्रधाननध्यापक गोबिन्द पौडेलले धन्यबाद दिएका थिए ।

TOP