जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलाममै पाठेघरको मुखको क्यान्सरको उपचार

फिक्कल: पाठेघरको मुखको क्यान्सरको उपचार अब इलामबाटै हुँने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आईपुगेपछि उक्त उपचार इलाममै सम्भव भएको हो ।
इलाम नगरपालिका वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन संघ इलामका सभापति सरोज बैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गर्नु भयो । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण मात्र हुदै आएको थियो भने उपचारका लागि धरान रेफर गर्नुपर्ने अवस्था थियो ।
पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधि मार्फत उपचार गरिने संघका प्राविधिक लाक्पा लामाले जानकारी दिनु भयो । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन संघ इलाम शाखाले उपचार शुरु गरेको संघका प्रमुख कमल सुवेदीलजानकारी दिनु भयो । सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले वडाबासी संगै सबै पाठेघरको क्यान्सरको लक्षण देखिएकाको उपचार गर्ने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको बताउनु भयो । पुस ११, १२ र १३ गतेका लागि पाठेघरको निशुल्क चेकजाँचको लागि सिटीहलमा ७ नम्बर वडा कार्यालयले शिविरको आयोजना गरेको छ ।

TOP