जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

रोङका नागरिकको पहुँचमा पुग्दै स्वास्थ्य सेवा

  • प्रकाशित मितिः April 17, 2026
  • हाम्रो पालिका
रोङका नागरिकको पहुँचमा पुग्दै स्वास्थ्य सेवा

गोबिन्द पौडेल: नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवादिन थप एक आधारभुत स्वास्थ्य केन्द्र सचालनमा आएको छ ।
रोङ ६ को रम्भ्याङमा नागरिकले स्वास्थ्य सेवा लिन सक्नेगरि आधारभुत स्वास्थ्य केन्द्र सचालन गरेको हो ।करिव ३ सय २५ परिवारका १३ सय नागरिकको लागि वडाको स्वास्थ्य चौकी अपायक रहेकोमा २०७७ सालदेखी निर्माण थालिएको भवन निर्माण सम्पन्न भई अहेव बिकास गजमेरले सेवा दिन थालेका हुन ।
भवन निर्माणको लागि रोङ गाउपालिकाले २०७७ मा ५लाख, २०७८मा ३ लाख २०७९ मा ७० हजार र नमुना बिकास केन्द्र मार्फत स्पेन्ड डिरिक ले १ लाख ५० हजार गरि कुल १० लाख ३० हजारको लागतमा सम्पन्न भएको छ । भवन निर्माणको लागि नारायण प्रधानले १० आना जग्गा निशुल्क दान गरेको समितिका सचिव रन्जित साङपाङले बताए ।उक्त आधारभुत स्वास्य केन्द्रबाट सुरक्षित मातृत्व सेवा,परिवार नियोजन,किटजन्य रोगको रोकथाम,नियमित मासिक खोप,दैनिक ओपिडि ड्रेसिङ र निशुल्क ९८ प्रकारका औषधि बितरण हुने रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
यता रोङ गाउपालिका वडा न ३ को याङ्ग्रेमा नवनिर्मित गाउँघर क्लिनिकको पनि उद्घाटन गरिएको छ ।बिशेषज्ञ सहितको स्वास्थ्य शिबिर ,क्षयरोगी खोजि अभियान सहित खोपकेन्द्रको उद्घाटन गरिएको हो ।शिबिरमा पशुपतिनगर प्राथामिक स्वास्थ्य केन्द्रका डा. बिमल श्रेष्ठ र डाक्टर रजित चौधरीबाट १ सय २८ जनाको स्वास्थ्य परीक्षण र अऔषधि बितरण गरिएको थियो भने क्षयरोग परीक्षणको लागि ५० जनाको खकार सकलन गरि जिल्ला स्वास्थमा लगिएको छ ।
हालसम्म रोङका नागरिकलाई सहज स्वास्थ सेवा दिन १ आयुर्वेद,४ स्वास्थ्य चौकी, ३ आधारभूत स्वास्थ्य केन्द्र ,दुई सामुदायिक स्वास्थ्य एकाई गरि १० स्वास्थ्य सस्थाहमा ४२ जना स्वास्थ कर्मी कार्यरत रहेको स्वास्थ शाखा प्रमुख काफ्लेले बताए ।
मानव बिकास सुचाकाङ्क उन्नति राख्न सहज स्वास्थ्य सेवामा नागरिकको पहुच बिस्तार गर्दै शहश्राब्दि बिकाशको लक्ष्यमा पुग्न रोङ गाउँपालिको स्वास्थ्य गति निक्कै तिब्र बनेको नागरिकको भनाई रहेको छ ।

TOP