पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

रोङका नागरिकको पहुँचमा पुग्दै स्वास्थ्य सेवा

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
रोङका नागरिकको पहुँचमा पुग्दै स्वास्थ्य सेवा

गोबिन्द पौडेल: नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवादिन थप एक आधारभुत स्वास्थ्य केन्द्र सचालनमा आएको छ ।
रोङ ६ को रम्भ्याङमा नागरिकले स्वास्थ्य सेवा लिन सक्नेगरि आधारभुत स्वास्थ्य केन्द्र सचालन गरेको हो ।करिव ३ सय २५ परिवारका १३ सय नागरिकको लागि वडाको स्वास्थ्य चौकी अपायक रहेकोमा २०७७ सालदेखी निर्माण थालिएको भवन निर्माण सम्पन्न भई अहेव बिकास गजमेरले सेवा दिन थालेका हुन ।
भवन निर्माणको लागि रोङ गाउपालिकाले २०७७ मा ५लाख, २०७८मा ३ लाख २०७९ मा ७० हजार र नमुना बिकास केन्द्र मार्फत स्पेन्ड डिरिक ले १ लाख ५० हजार गरि कुल १० लाख ३० हजारको लागतमा सम्पन्न भएको छ । भवन निर्माणको लागि नारायण प्रधानले १० आना जग्गा निशुल्क दान गरेको समितिका सचिव रन्जित साङपाङले बताए ।उक्त आधारभुत स्वास्य केन्द्रबाट सुरक्षित मातृत्व सेवा,परिवार नियोजन,किटजन्य रोगको रोकथाम,नियमित मासिक खोप,दैनिक ओपिडि ड्रेसिङ र निशुल्क ९८ प्रकारका औषधि बितरण हुने रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
यता रोङ गाउपालिका वडा न ३ को याङ्ग्रेमा नवनिर्मित गाउँघर क्लिनिकको पनि उद्घाटन गरिएको छ ।बिशेषज्ञ सहितको स्वास्थ्य शिबिर ,क्षयरोगी खोजि अभियान सहित खोपकेन्द्रको उद्घाटन गरिएको हो ।शिबिरमा पशुपतिनगर प्राथामिक स्वास्थ्य केन्द्रका डा. बिमल श्रेष्ठ र डाक्टर रजित चौधरीबाट १ सय २८ जनाको स्वास्थ्य परीक्षण र अऔषधि बितरण गरिएको थियो भने क्षयरोग परीक्षणको लागि ५० जनाको खकार सकलन गरि जिल्ला स्वास्थमा लगिएको छ ।
हालसम्म रोङका नागरिकलाई सहज स्वास्थ सेवा दिन १ आयुर्वेद,४ स्वास्थ्य चौकी, ३ आधारभूत स्वास्थ्य केन्द्र ,दुई सामुदायिक स्वास्थ्य एकाई गरि १० स्वास्थ्य सस्थाहमा ४२ जना स्वास्थ कर्मी कार्यरत रहेको स्वास्थ शाखा प्रमुख काफ्लेले बताए ।
मानव बिकास सुचाकाङ्क उन्नति राख्न सहज स्वास्थ्य सेवामा नागरिकको पहुच बिस्तार गर्दै शहश्राब्दि बिकाशको लक्ष्यमा पुग्न रोङ गाउँपालिको स्वास्थ्य गति निक्कै तिब्र बनेको नागरिकको भनाई रहेको छ ।

TOP