भवानी आधारभूत बिद्यालयको ५८ औं बार्षिक उत्सव सम्पन्न – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

भवानी आधारभूत बिद्यालयको ५८ औं बार्षिक उत्सव सम्पन्न

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika


फिक्कल
सूर्योदय नगरपालिका ११ को भवानी आधारभूत बिद्यालयको ५८औं बार्षिक उत्सव आज सम्पन्न भएको छ । बिद्यालयको बार्षिक उत्सवको अवसरमा ४० बढीलाई सम्मान गर्नुका साथै बिबिभन्न सांगीतिक कार्यक्रमका साथ आज सम्पन्न भएको हो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मान बहादुर राईको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएो छ । कार्यक्रममा वडा नं. ११ का अध्यक्ष सन्तोष राई , सूर्योदय नगरपालिका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई , बिद्यार्थी अभिभावक सरोकारवाला पत्रकार लगायतको सहभागितामा भएको कार्यक्रममा बिद्यालयलाई बिभिन्न क्षेत्रबाट योगदान दिने नरहरी शर्मा ,चित्र प्रसाद भट्टराई , गोबिन्द खतिवडा , पुजन निरौला , मिना गुरुङ र पवित्रा राई लगायत ४० जनालाई सम्मान पत्र दोसल्ला ओडाएर सम्मान गरिएको छ । सो अवसरमा बिद्यालयका चन्दादाता, समाजसेवी, र शिक्षिकालाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्द्रै प्रमुख अतिथी नगर प्रमुख राईले भवानी आधारभुत बिद्यालयबाट पनि नगरका अरु बिद्यालयले पाठ सिक्न जरुरी रहेको बताउनु भयो । बिद्यालयले गरेको शैक्षिक प्रगतिको लागि धन्यवाद दिदै राईले नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर बृद्धि गर्दै अभिभावकको मन जित्न सफल र सबै बर्गको मानिसको शिक्षाको साझा थलो बनाउन नगरपालिका लागिरहेको बताउनु भयो ।

राईले अहिले नगरपालिकाले बिद्यालयका बिद्यार्थीका लागि बैकं खाता खोल्ने ब्यवस्था गरेको र यो कार्य सबै बिद्यालयमा धमाधम जारी रहेको जानकारी दिनुहुदै बिद्यार्थीले बैकंमा खोलेको खाताबाट कक्षा ८ पास गरे पछि मात्रै रकम झिक्न मिल्ने भएकोले बिद्यार्थीले बिचमै स्कुल छोडने क्रम पनि रोकिने र सानै देखि बचतको बानी समेत बस्ने भएकोले भविश्यमा उच्च शिक्षा लिन खर्च जुटाउन पनि सहज हुने बताउनु भयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख भट्टराईले शिक्षा क्षेत्रमा परिर्वनतको लागि प्रधानाध्यापकको मात्रै जोडबलमा केहि हुन नसक्ने भएकोले शिक्षक पनि यो मेरो काम हो मेरो कर्तब्य हो भनेर जुट्ट पर्ने अभिभावक सरोकारवाला नगरपालिका सबै एक भएर लागे मात्रै परिर्वनत सम्भव भएको बताउनु भयो । भवानी आधारभुत बिद्यालय एक उदहारणिय बिद्यालयको रुपमा रहेको भन्दै सबैले यस्ता बिद्यालयबाट पाठ सिकेर अगाडी बढनु पर्नेमा जोड दिनु भयो ।
सूर्योदयको नमुना बिद्यालय बनेको भवानी आधारभुत बिद्यालयमा ८० जना बिद्यार्थी अध्ययनरत छन । एक समय बिद्यार्थीकै आभावमा अर्को बिद्यालयमा गाभीने अवस्थामा बिद्यालय पुगेकको थियो । तर पछिल्लो समय प्रधानाध्यापक रचना देवानको नेतृत्वमा बिद्यालयमा आमुल परिर्वतन आएको छ । बिद्यालयमा अहिले बिद्यार्थी पनि उल्लेखनिय रहेका छन । बिद्यालयले स्थानीय शैक्षिक सामग्री र नगर एबं आफनै स्रोतबाट प्राप्त गरेको शैक्षिक सामग्रीको प्रयोग गर्दै बिद्यालयमा कार्यरत शिक्षकको अथाह मेहनतबाट अहिले नगरकै नमुना बिद्यालयको रुपमा आफुलाई स्थापीत भवानी आविले गरेको छ । बिद्यालयले यसरी शैक्षिक गुणस्तरमा छलाङ मारे सगैँ स्थानीय क्षेत्रमा रहेका बिद्यार्थी तथा अभिभावकलाई राहत मिलेको छ । सिमित स्रोत साधनको भरमा पनि बिद्यालयमा कार्यरत शिक्षकहरुको मेहनत नगरपालिका वडा कार्यलयको साथ अभिभावक तथा सरोकारवालाको माया बिद्यालय ब्यवस्थापन समितिको सहयोगले गर्दा बिद्यालयमा सकरात्मक परिर्वतन ल्याउन सफल भएको प्रधानाध्यापक देवानले बताउनु भयो ।
कार्यक्रममा बिद्यार्थी तथा शिक्षकले आर्कषक नृत्य प्रस्तुत गरेका थिए भने साना साना नानीहरुले बिद्यालय ,पुस्तक ब्रमाण्ड , सञ्चार सामग्री , परम्परागत सामग्री लगायतको बारेमा नेपाली र अग्रेजी भाषामा प्रस्तुति राखेका थिए ।बिद्यालयको बार्षिक उत्सवको कार्यक्रममा बिद्यार्थीको उच्च प्रस्तुतिबाट पनि उक्त बिद्यालयको शैक्षिक अवस्था उच्च र राम्रो भएको आभाष गर्न सकिन्थ्यो । वडा न ११ का वडा अध्यक्ष सन्तोष राई ,कर्फोक बिद्या मन्दिर मा. वि. का प्रधानाध्यापक गणेश प्रसाद आचार्य , पुन्य स्मारिका आ. वि. का प्रधानाध्यापक डिल्लीराम पौडेल लगायतले मन्तब्य राख्नु भएको कार्यक्रमको सांस्कृतिक कार्यक्रम बिद्यालयका साना बिद्यार्थी द्धय आर्दर्श राई र सविना राईले सञ्चालन गरेका थिए । भावनी आ.वि. मा सबै महिला शिक्षक मात्र कार्यरत हुनुहुन्छ ।

TOP