प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सुन्तला महोत्सवमा सहभागी बन्न नेपाली पर्यटन ब्यवसायी सहितको टोली आज कलकत्ता जादै

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
सुन्तला महोत्सवमा सहभागी बन्न नेपाली पर्यटन ब्यवसायी सहितको टोली आज कलकत्ता जादै

इलाम: भारतको कलकत्तामा हुने सुन्तला महोत्सवमा सहभागी बन्ने नेपालका पर्यटन ब्यवसायी आज त्यस तर्फ जादै छन । भोली देखि शुरु हुने महोत्सवमा सहभागी बन्न प्रदेश १ का पर्यटन ब्यवसायी , सुन्तला उत्पादक किसान सहितको टोली आज दिउसो झापा काकडभिट्टाबाट कलकत्ता जाने भएको हो ।
सातौँ सुन्तला महोत्सव यहीँ मंसिर २२ अर्थात भोली देखि भारतको कलकत्तामा हुने छ ।सन् २०१३ देखि कलकत्तामा निरन्तर हुँदै आएको सुन्तला महोत्सवको सातौँ संस्करण यहि मंसिर २२ गते देखि हुने भएको हो ।
एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजमका नेपाल संयोजक अर्जुन कुमार कार्कीले यस पटकको महोत्सब यहि मंसिर २२, २३ र २४ गते कलकत्ताको सल्टेक सिटिसेन्टरमा सम्पन्न हुने जानकारी दिनु भयो । उहाका अनुासर महोत्सवमा भाग लिन प्रदेश १ को इलाम, धनकुटा , पाँचथरका सुन्तला ब्यवसायी संगै पर्यटन ब्यवसायी र पत्रकार कलकत्ता जाने छन ।
नेपाल, भारत, भूटान र बंगलादेशको सहभागिता रहने उक्त महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिदै आएको संयोजक कार्कीले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘यो महोत्सवले नेपालका खास सुन्तला उत्पादक किसानलाई ब्यवसायमा जोडेको छ ।’
उक्त महोत्सबमा मानव बेचबिखन, लागु औषध, हात्ती समस्या, सांस्कृतिक एवम् जातीय उत्थान आदी कुराको पनि प्रचार–प्रसार गरीने छ । हरेक वर्ष नेपालबाट ६० देखि ९० जनासम्मको उपस्थिति रहने उक्त महोत्सवमा बिगत ३ वर्ष देखि कोरोनाका कारण नेपालले सहभागिता जनाउन पाएको थिएन । तर, यो पटक विभिन्न विधाबाट करीब २०० जना नेपालीले उक्त महोत्सवमा भाग लिने छन । देशको स्थानीय उत्पादनको प्रचार गर्नका साथै भारत, भूटान र बंगलादेशका पर्यटकलाई देशमा बोलाउन उक्त महोत्सवको विशेष महत्व रहेको होटल ब्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले जानकारी दिनु भयो । महोत्सवकै कारण जोडिएका पर्यटक नेपालका बिभिन्न स्थानमा घुम्न हाउने गरेका छन । इलामको सलकपुर सहित पाँचथर र धनकुटामा उत्पादन भएको सुन्तला प्रचार प्रसारका लागि महोत्सवमा लिएर किसान नै पुग्ने छन ।
सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थक बीच भएको द्वन्द्वले पारेको प्रभावका कारण गोर्खाली र बंगाली बीचकोे दूरी बढेको थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको थियो । उक्त प्रभावलाई कम गर्न र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षण बनाएर उक्त महोत्सवको थालनी भएको जानकारहरु बताउदै आएका छन ।

TOP