प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

स्वास्थ्य स्वयम सेबवकालाई प्रोत्साहित गर्दै रोङ गाउँपालिका

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
स्वास्थ्य स्वयम सेबवकालाई प्रोत्साहित गर्दै रोङ गाउँपालिका


गोबिन्द पौडेल :
निस्वास्थ सेवागरेर समुदायिक स्वास्थ्यमा सुधारकोलागि खटिरहने महिला स्वय सेबिकाहरुलाई ईलामको रोङ गाउपालिकाले प्रोत्साहित गरेको छ ।आज १९ औ सामुदायिक स्वास्थ स्वयसेविका दिवसको अवसरमा एक कार्यक्रम गर्दै पुरस्कार मायाको चिनो बितरण गरेर उनिहरुले गर्दै आएको कामप्रति हौसला र प्रेरणा जगाउने प्रयत्न गरेको हो ।आज उक्त दिवसमा भएको कार्यक्रममा हरेक वडाका उत्कृस्ट कामगर्ने एक जनालाई पुरस्कार मायाको चिनो र प्रमाणपत्र बितरण गरिईको थियो भने अन्य उन्सठि जनालाई मायाको चिनो बितरण गरिएको थियो ।यसरी पुरस्कार पाउनेहरुमा वडा न १ बाट बुद्धि माया राई ,२का रुका दहाल,३का आनन्दिकुमारि राई ,४काकतिता राई,५का भद्रशिला राई र६ का डुकिमाया प्रधान रहेका छन् । गाउपालिकाले बिशेष कार्यक्रम गरेरआफुहरुलाई पुरस्कृत गरेकोले कामप्रति थप जिम्वेवारी थपिएको वडा न ६ का महिला स्वयसेबिका डुकििमाया प्रधानले बताए ।
रोङ गाउपालिका स्वास्थ शाखाले गरेको सो कार्यक्रम स्वास्थ शाखा प्रमुख युवराज काफ्लेको अध्यक्षता,गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दहाल,उपाध्यक्ष बिस्नुमाया भुजेल बिशिष्ट आतिथ्यता,जिल्ला स्वास्थ कार्यलय ईलामका निमित्त प्रमुख बिमल बराल,जिल्ला स्वास्थ कार्यलय ईलामका परिवार नियोजन तथा महिला स्वास्थ्य स्वयसेविका फोकल पर्सन लक्षमण ढकालको बिशेष आतिथ्यता गाउपालिकाका शाखा प्रमुखहरु र जिल्ला स्वास्थ्य कार्यलय ईलामका ल्याव टेक्निसियन युवनाथ बरालको आतिथ्यतामा भएको कार्यक्रमामा स्वय सेबिकाहरुबिच हाजिरिजवाफ सगै स्वास्थ सबन्धि गित र कबिताबाचन समेत भएको थियो ।
रोङमा अहिले ६५ जना महिला स्वास्थ स्वय सेबिकाहरु रहेका छन् भने उनिहरुले सघिय सरकारको अनुदानमा मासिक एक हजार भत्ता बार्षिक १० हजार पोषाक खर्च पाउने गरेकाछन् भने गाउपालिकाले थप १ हजार मासिक भत्ता,बैठक भत्ता ६ हजार,निशुल्क स्वास्थ्य बिमा र बिभिन्न राष्ट्रिय खाप अभियान लगायतमा भत्ता मात्रै उपलब्ध गराउने गरेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।

TOP