प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलामको सूर्योदयका सामुदायिक बिद्यालयलाई ल्याव सामग्री बितरण

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदयका सामुदायिक बिद्यालयलाई ल्याव सामग्री बितरण

फिक्कल: सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा लागेको इलामको सूर्योदय नगरपालिकाले नगरका ३१ वटा बिद्यालयलाई ल्याव सामग्री बितरण गरेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार नगर क्षेत्रका आधारभुत बिद्यालयलाई प्रविधिमैत्री बिद्यालय निर्माण गर्नका लागि कम्प्युटर, प्रिन्टर र युपीएस गरी १९ लाख ५० हजार रुपियाँ बराबरका सामग्री बितरण गरेको हो ।
नगरले शसर्त अनुदान अन्र्तगतको बजेटमार्फत आईसीटी तथा इ लाईब्रेरी संचालनका लागि नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयमा प्रविधयुक्त सामग्री वितरण गरिरहेको छ । नगरका ६६ वटै सामुदायिक बिद्यालयमा प्रविधि हस्तारन्तर गरिएको नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख रणबहादु राईले नगरले दिएका सामग्रीको सहि सदुपयोग गर्न बिद्यालयका प्रधानाध्यापकलाई आग्रह गर्नु भयो । उहाले भन्नु भयो‘नगर शिक्षाका हरेक क्षेत्रमा सहयोग गर्न तयार छ, अव शिक्षकले पनि स्र्माट बन्नु पर्छ ।’
नगर प्रमुख राईले अवका शिक्षक प्रविधिमा घुलमिल नहुँने र स्र्माट नबन्ने हो भने बिद्यार्थी र बिद्यार्थीका अविभावकले नपत्याउने बताउनु भयो ।
शाखा प्रमुख भट्टराईले नगरले सहयोग गर्दा गर्दै पनि कतिपय बिद्यालयले शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिएको बताउनु भयो । उहाले जिल्लका १० पालिका मध्ये सूर्योदय नगर मात्र ११ प्रतिशतले बिद्यार्थी भर्ना दर बढाउन सफल भएको जानकारी दिनु भयो । उहाले नगरले ६० प्रतिशत लगानी शिक्षा क्षेत्रमा गरेको जानकारी दिनु भयो । नगरले अवको एक महिना भित्रमा सबै सामुदायिक बिद्यालयमा इन्टरनेटको सुविधा पु¥र्याई सक्ने नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । भवानी आधारत बिद्यालयका प्रधानाध्यापक रचना राईले नगरले दिएका सामग्रीले बिद्यालयलाई प्रविधिमा जोड्न सहज भएको बताउनु भयो ।

नगरले इ हाजीरीको ब्यवस्था गरी सकेको छ भने यसै साताबाट बिद्यालयले पठाएका हस्तलिखित निवेदन समेत नगरले नबुझने भएको छ । नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि शिक्षा शाखा प्रधानाध्याक करार सम्झौता, प्रधानाध्यपक शिक्षक करार सम्झौता, बिद्यार्थी अविभावक परिचय पत्र वितरण , शिक्षकलाई तालिम, बिज्ञान गणित प्रर्दशनी , छोरी बुहारी शिक्षा जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।

TOP