इलामको सूर्योदयका सामुदायिक बिद्यालयलाई ल्याव सामग्री बितरण – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

इलामको सूर्योदयका सामुदायिक बिद्यालयलाई ल्याव सामग्री बितरण

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika

फिक्कल: सामुदायिक बिद्यालयको गुणस्तर सुधारमा लागेको इलामको सूर्योदय नगरपालिकाले नगरका ३१ वटा बिद्यालयलाई ल्याव सामग्री बितरण गरेको छ । नगरको शिक्षा युवा तथा खेलकुद शाखाले शुक्रबार नगर क्षेत्रका आधारभुत बिद्यालयलाई प्रविधिमैत्री बिद्यालय निर्माण गर्नका लागि कम्प्युटर, प्रिन्टर र युपीएस गरी १९ लाख ५० हजार रुपियाँ बराबरका सामग्री बितरण गरेको हो ।
नगरले शसर्त अनुदान अन्र्तगतको बजेटमार्फत आईसीटी तथा इ लाईब्रेरी संचालनका लागि नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालयमा प्रविधयुक्त सामग्री वितरण गरिरहेको छ । नगरका ६६ वटै सामुदायिक बिद्यालयमा प्रविधि हस्तारन्तर गरिएको नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख रणबहादु राईले नगरले दिएका सामग्रीको सहि सदुपयोग गर्न बिद्यालयका प्रधानाध्यापकलाई आग्रह गर्नु भयो । उहाले भन्नु भयो‘नगर शिक्षाका हरेक क्षेत्रमा सहयोग गर्न तयार छ, अव शिक्षकले पनि स्र्माट बन्नु पर्छ ।’
नगर प्रमुख राईले अवका शिक्षक प्रविधिमा घुलमिल नहुँने र स्र्माट नबन्ने हो भने बिद्यार्थी र बिद्यार्थीका अविभावकले नपत्याउने बताउनु भयो ।
शाखा प्रमुख भट्टराईले नगरले सहयोग गर्दा गर्दै पनि कतिपय बिद्यालयले शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिएको बताउनु भयो । उहाले जिल्लका १० पालिका मध्ये सूर्योदय नगर मात्र ११ प्रतिशतले बिद्यार्थी भर्ना दर बढाउन सफल भएको जानकारी दिनु भयो । उहाले नगरले ६० प्रतिशत लगानी शिक्षा क्षेत्रमा गरेको जानकारी दिनु भयो । नगरले अवको एक महिना भित्रमा सबै सामुदायिक बिद्यालयमा इन्टरनेटको सुविधा पु¥र्याई सक्ने नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिनु भयो । भवानी आधारत बिद्यालयका प्रधानाध्यापक रचना राईले नगरले दिएका सामग्रीले बिद्यालयलाई प्रविधिमा जोड्न सहज भएको बताउनु भयो ।

नगरले इ हाजीरीको ब्यवस्था गरी सकेको छ भने यसै साताबाट बिद्यालयले पठाएका हस्तलिखित निवेदन समेत नगरले नबुझने भएको छ । नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि शिक्षा शाखा प्रधानाध्याक करार सम्झौता, प्रधानाध्यपक शिक्षक करार सम्झौता, बिद्यार्थी अविभावक परिचय पत्र वितरण , शिक्षकलाई तालिम, बिज्ञान गणित प्रर्दशनी , छोरी बुहारी शिक्षा जस्ता कार्यक्रम संचालन गर्दै आएको छ ।

TOP