बिश्व एड्स दिवसको अवसरमा रोङमा सचेतना कार्यक्रम – Hamropalika
पर्यटन सूर्योदयमा बिज्ञान र ग्रणित प्रदर्शनी सम्पन्न, दुबै बिधामा फिक्कल मा.बि.पहिलो प्रदेश १ जुनियर रेडक्रस जिल्ला सभामा सम्मानित पर्यटन कन्याममा बिज्ञान र ग्रणित प्रदर्शनी तथा प्रतियोगिता पालिका विशेष शंकर आधारभूत बिद्यालयको ६१ औं बार्षिक उत्सब सम्पन्न पर्यटन इलामका बिद्यालयमा पर्यटन क्लब गठन पालिका विशेष बिज्ञान तथा गािणत प्रदर्शनी सम्बन्धि सूचना प्रदेश १ मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु अर्थ वाणिज्य कोशी प्रदेशबाट अढाई अर्बको चिया र सवा अर्बको अलैँची निर्यात अर्थ वाणिज्य मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण पालिका विशेष लागुऔषध सहित माई नगरपालिकाबाट एक जना पक्राउ
Hamropalika menu advertisement

बिश्व एड्स दिवसको अवसरमा रोङमा सचेतना कार्यक्रम

  • प्रकाशित मितिः December 2, 2023
  • hamro_palika

गोबिन्द पौडेल,रोङः बिश्व एड्स दिवसको अवसर पारेर इलामको रोङ गाउँपालिकामा सचेतना कार्यक्रम संचालन गरिएको छ । बिश्वसगै नेपालमा पनि जोखिमपुर्ण मानिएको सरुवा रोगवाट बच्नको लागि जनचेतना जगाउन,रोकथाम र संक्रमित रहे भेदभाव रहित वनाउनको लागि रोङ गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । भारतसंगको खुल्ला सिमावर्ति क्षेत्र रहेकोले रोङलाई संबेदनशिल क्षेत्र मानिने गरेको छ ।
कार्यक्रममा रोङ गाउपालिका वडा न ४ का वडाध्यक्ष राजकुमार लाप्चाको अध्यक्षता, माई नगरपालिकाका डाक्टर रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता र बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको बिशेष आतिथ्यता रहेको थियो । डा आचार्य,दिपक सापकोटा रोङ स्वास्थ्य प्रमुख युवराज काफ्ले लगायतका स्वास्थ्य कर्मिहरुले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

TOP