खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

इलाम १ मा रोकीएको मतगणना सुचारु हुँन सकेन

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
इलाम १ मा रोकीएको मतगणना सुचारु हुँन सकेन

फिक्क्ल: इलाम निर्वाचन क्षेत्र न.ं १ मा मतगणना रोकीएको छ । गए राती ११ बजे देखि बिवाद हुँदा मतगणना रोकीएको हो ।
शिल गरीएको मतपेटीका कर्मचारीले मात्र खोलेको र मतपेटीका बुझदै गर्दा शिल गरिएको शिल नम्बर दलका प्रतिनिधिलाई शुरुमा टिपाईए पनि गणना गर्ने बेलामा रुजु नगराई मतगणना गरिएको भन्दै बिवाद शुरु भएको थियो । बिवादले उग्ररुप लिए पछि मतगणना रातीबाटै रोकीएको छ । दलका प्रतिनिधिले बिवाद पछि गणना स्थल छोडेका थिए । निर्वाचन अधिकृत राजकुमार दाहालले दलहरु बिच सहमति गर्नका लागि सर्वदलिय बैठक बोलाईए पनि दलका प्रतिनिधि सम्पर्कमा नआएको जानकारी दिनु भयो । सर्वदलिय बैठक बस्ने तयारी भने भैरहेको छ । नेपाली काग्रेस सूर्योदय नगर उप सभापति रमेश प्रधानले पुन मतगणना गर्नु पने आफुहरुको माग रहेको जानकारी दिनु भयो ।
क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार तथा पूर्व प्रधामन्त्री झलनाथ खनाललाई पछि पार्दै नकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत १ हजार पाँच सय मतले अगाडी हुनुहुन्छ ।
निर्वाचन क्षेत्र नं. १ मा ५९९०६ मत खसेको थियो । जसमा २३ हजार ८ सय ६५ मत गणना भएको छ ।निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गर्दा समेत पटक पटक त्रुटी गर्दै आएको छ ।

TOP