जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम १ मा रोकीएको मतगणना सुचारु हुँन सकेन

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलाम १ मा रोकीएको मतगणना सुचारु हुँन सकेन

फिक्क्ल: इलाम निर्वाचन क्षेत्र न.ं १ मा मतगणना रोकीएको छ । गए राती ११ बजे देखि बिवाद हुँदा मतगणना रोकीएको हो ।
शिल गरीएको मतपेटीका कर्मचारीले मात्र खोलेको र मतपेटीका बुझदै गर्दा शिल गरिएको शिल नम्बर दलका प्रतिनिधिलाई शुरुमा टिपाईए पनि गणना गर्ने बेलामा रुजु नगराई मतगणना गरिएको भन्दै बिवाद शुरु भएको थियो । बिवादले उग्ररुप लिए पछि मतगणना रातीबाटै रोकीएको छ । दलका प्रतिनिधिले बिवाद पछि गणना स्थल छोडेका थिए । निर्वाचन अधिकृत राजकुमार दाहालले दलहरु बिच सहमति गर्नका लागि सर्वदलिय बैठक बोलाईए पनि दलका प्रतिनिधि सम्पर्कमा नआएको जानकारी दिनु भयो । सर्वदलिय बैठक बस्ने तयारी भने भैरहेको छ । नेपाली काग्रेस सूर्योदय नगर उप सभापति रमेश प्रधानले पुन मतगणना गर्नु पने आफुहरुको माग रहेको जानकारी दिनु भयो ।
क्षेत्र नं. १ मा गठबन्धनका उम्मेदवार तथा पूर्व प्रधामन्त्री झलनाथ खनाललाई पछि पार्दै नकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत १ हजार पाँच सय मतले अगाडी हुनुहुन्छ ।
निर्वाचन क्षेत्र नं. १ मा ५९९०६ मत खसेको थियो । जसमा २३ हजार ८ सय ६५ मत गणना भएको छ ।निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गर्दा समेत पटक पटक त्रुटी गर्दै आएको छ ।

TOP