जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम क्षेत्र नं. २ को सारथी बनेर उदाउने तयारीमा डम्बर खड्का

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलाम क्षेत्र नं. २ को  सारथी बनेर उदाउने तयारीमा डम्बर खड्का

इलाम : गत असोज २४ गते दलबलसहित उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुग्दा एमाले नेता सुवासचन्द्र नेम्वाङको मुहारमा चमक थिएन ।मलिन र शान्त देखिएका नेम्वाङ इलाम २ बाट पाँचौपटक उम्मेदवारी दर्ता गरिरहँदा सशंकित थिए । पाँचपटकसम्म निर्वाचित भएर पनि नेम्वाङले विकासका कुनै काम नगरेको, एमाले अध्यक्ष केपी ओलीले दुईपटक संसद् विघटनको साक्षी बसेर पाँच वर्षमा ‘बाली’ उठाउन आएको भनेर नेम्वाङमाथि मतदाताको आक्रोश चुलिँदो छ ।

उम्मेदवारी दर्तासँगै चुनावी अभियानमा होमिएका एमाले उपाध्यक्ष नेम्वाङले हरेक चुनावी सभामा उत्साहजनक भाषण गर्न सकिरहेका छैनन् । २३ वर्षमा भएका अधुरा कामहरूको फेहरिस्त र प्रस्टीकरणमा उनको भाषणबाजी चलिरहेको छ । तर, उनका लागि नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का चुनौती बनेर खडा भएका छन् ।

इलाम २ मा खड्काको सामाजिक गतिविधि र आक्रामक चुनावी प्रचार नेम्वाङका लागि भारी बनिरहेको छ ।इलामका दुर्गम गाउँहरूलाई आफैंले माथि उकासेको दाबी गरिरहेका नेम्वाङका लागि यसपटकको चुनाव विगतको जस्तो सहज देखिँदैन । आफ्ना पुराना र नियमित मतदान गर्दै आइरहेका मतदाताहरू नेम्वाङप्रति खुसी छैनन् । किनकि प्रतिस्पर्धीहरुले उनले अधुरै छाडेका दर्जनौं विकासे योजनालाई चुनावी मसला बनाइरहेका छन् ।

जसका कारण मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको छ । मतदाता विकल्प खोजिरहेका छन् । त्यो विकल्प खड्कामा देखेका छन् । त्यही भएर अहिले खड्काको पक्षमा माहोल बनिरहेको छ ।

खड्काले जिल्लामा बसेर संगठन विस्तार मात्र गरिरहेका छैनन्, दुःख–बिमार, आपत–विपत, मेला–महोत्सवमा आर्थिक सहयोग बोकेर गाउँगाउँ पुगिरहेका छन् । जसकारण मतदाता उनीसँग प्रत्यक्ष जोडिएका छन् । खड्का भन्छन्, ‘सबै पार्टीसँग आस्था राख्ने इलामेली जनताको सुख–दुःखमा म सधैं सँगै छु ।

मेरो सक्रियतालाई देखेर हजारौं इलामे जनताले कांग्रेस रोजेका छन् । जिल्लाका लागि सिन्को नभाँचेका नेम्वाङलाई यसपटक इलामेली मतदाताले बिदा दिने निश्चित छ ।’ स्थानीय तहको निर्वाचनको मत विश्लेषण गर्दा सत्तागठबन्धन चार हजार मतले अगाडि छ । त्यसमा खड्काको लोकप्रियताले पनि धेरै मत आउने देखिन्छ ।

डम्बर खड्काको बन्यो माहोल

युवा पुस्ताको भरोसा इलामका डम्बर खड्का हुँन । जहाँ जहाँ समस्या पर्छ , त्यहाँ त्यहा डम्बर खड्काको आवश्यक्ता पर्दछ । जहिले जहा पनि उत्तीकै हौसला बोकेर खड्का बिपतमा परेका सबैलाई साथ दिन पुग्ने गरेका छन । खड्काले कोरोना महामारी कोभिडमा होस या भुकम्प र नाकाबन्दीमा होस असहजता भोगेका सबैलाई सहजता थपे ।
सामाजिक रुपमा ख्याती कमाएका डम्बर खड्का हाल नेपाली कांग्रेसको जिल्ला सभापति हुनुह । उनि अहिले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन। उनि एमाले नेता सुभाष नेम्वाङ संग चुनावी प्रतिष्पर्धाको दौडमा छ्न । २५ बर्ष सम्म उक्त क्षेत्रबाट चुनाव जितेर खासै बिकासका काम गर्न नसकेर आलोचित भएका सुभाषलाई युवा उम्मेदवार खडकाको उम्मेदवारी यस पटक चुनौती बनेको छ ।

युवाको साथ र हौसलाका कारण खड्काका पक्षमा माहोल बनेको छ । क्षेत्र नम्बर २ को इलाम नगरपालिका र चुलाचुली गाउँपालिका काग्रेसले बढी मतान्तरले चुनाव जितेका पालिका हुन । देउमाई , फाकफोकथुम र माङसेबुङमा थोरै मतले पराजित भएका पालिका हुन । माईनपाका केहि वडा समेत २ नं क्षेत्रमा पर्दछन ।

पछिल्लो समय फाफोकथुम, इलाम र चुलाचुीमा काग्रेस प्रवेशको लहर नै चलेको छ । खड्कालाई चुनाव जिताउन काग्रेसका भेषराज आचार्य , हिमालय कर्मचार्य बेनुप प्रसाई, केशव थापा सहितका सबै नेता एकजुट भएर लागेका छन । स्थानीय पालिकाको मत परिणामा अनुसार खड्काले चुनाव जित्ने निश्चित भएको काग्रेसले जनाएको छ ।
खड्का युवा माझ चर्चीत भएकै कारण उनको पक्षमा माहोल बन्दै गएको हो । उनले ब्यक्तिगत लगानीमा गरेका सामाजि कामको र आपत बिपतमा गरेको सहयोगको ऋण तिर्ने तयारीमा युवा जमात छ ।

TOP