जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

शम्सेर राईको पल्ला भारी : इलाम निर्वाचन क्षेत्र नं. १ ‘ख’

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
शम्सेर राईको पल्ला भारी : इलाम निर्वाचन क्षेत्र नं. १ ‘ख’

इलाम: शम्सेर राईलाई बिकास प्रेमी युवा नेताका रुपमा चिनिन्छ । उहाले यसको जवलन्त उदाहरण २०७४ सालमा रोङ गाउँपालिकाको अध्यक्ष हुँदा नै बनाई सक्नु भएको छ । मितब्ययी र काम प्रतिको निष्ठाले राईलाई बिकासका पहरेदारको रुपमा स्थापित गरेको छ । भौगोलिक बिकटताले घेरेको रोङ गाउँपालिकालाई नेतृत्व प्रदान गर्नु भएका राईले पालिका अध्यक्ष हुँदा कुनै प्रकारका सुविधामा अलमल गर्नु भएन । आफु सवारी खरिद गरेर सुविधा लिनु भन्दा अध्यक्ष राईले पालिका भित्रका २ वटा सामुदायिक बिद्यालयलाई बस खरिद गर्नु भयो । यो कदम उहा नेतृत्वको पालिका टिमको उदाहणीय काम थियो । शम्सेर राई सामान्य परिवारको ब्यक्ति भएकाले गर्दा पनि सबैका समस्यालाई मसिनो गरी बुझने गर्दै आउनु भएको छ ।
नागरिकका समस्या बुझन सक्ने र आफनो निर्वाचन क्षेत्रको भूगोललाई मसिनो गरी बुझन सक्ने उम्मेदवारको रुपमा शम्सेर राईलाई चिनिन्छ । गाउँपालिकामा रहदा गरेको कामकै कारण राईलाई प्रदेश सभा निर्वाचनमा पनि बिकास प्रेमी नेताको रुपमा पहिचान बनाउन सहज भएको हो ।
गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र न.ं १ को प्रदेश सभा २(ख)मा उम्मेदवार बन्नु भएका राई हाल नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुनुहुन्छ । बिद्याथी काल देखि नै राजनीतिमा प्रवेश गर्नु भएका राई लामो समय शिक्षण पेशामा समेत आवद्ध रहनु भयो । २०४३ सालमा नेबिसंघको राजनीति शुरु गर्नु भएका राई मेची क्याम्पसको सभापति बन्नु भयो । काग्रेसको जिल्ला कमिटी सदस्य, शिक्षक संघमा बसेर काम गर्नु भएका राई हाल काग्रेसको क्षेत्रीय सभापति हुनुहुन्छ ।

गठबन्धनले सहजः

नेपाली काग्रेसका क्षेत्रीय सभापती समेत रहनु भएका शम्सेर राई नेकपा एस र मोवादी केन्द्रबाट साझा उम्मेदवार हुनुहुन्छ भने, दिपक थेवे एमालेका सिंगल उम्मेदवार हुनुहुन्छ । राई मतदाता माझ पपुलर मानिनु हुन्छ ।
गत स्थानीय निर्वाचनको मत परिणाम अनुसार पनि यो निर्वाचन क्षेत्रमा गठबन्धन मतको आधारमा बलियो छ ।
रोङ गाउँपालिकाका ६ वडा मध्ये ३ वटा गठबन्धनबाट काग्रेसले , १ स्वतन्त्रले जितेको छ । स्वतन्त्र उम्मेद्धवार पनि काग्रेसकै हुन । वडा नम्बर २ र ४ मा स्थानीय निर्वाचनमा बिभाजन भएको मत पनि यस पटक गठबन्धनको एउटै डालोमा जाने देखिन्छ ।
यस्तै सूर्योदयका उक्त प्रदेश सभामा पर्ने ८ वटा वडा मध्ये १ वटा वडा( वडा नम्बर १३) मात्र एमालेले जितेको छ ।
वडा नम्बर ४, ६ र १२ अहिले गठबन्धनमा रहेको नेकपा एसले जितेको छ । वडा नम्बर ५, ७, ८ र १४ नेपाली काग्रेसले जितेको छ । ८ वडा मध्ये ७ वटा वडामा गठबन्धनको पक्कड छ । मतदाता संख्या बढी भएको सूर्योदयका यी नै वडा नै प्रदेश उम्मेदवारका लागि निर्णायक हुने देखिन्छ ।
उक्त निर्वाचन क्षेत्रमा पर्ने माई नगरपालिकाको ७ वटा वडा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा पर्दछन । जसमा स्थानीय तहको अवस्था हेर्दा वडा नम्बर १ र ३ गरी २ वटा काग्रेसले र वडा न.ं२, ४,५, ९ र १० गरी ५ वटा वडा एमालेले जितेको छ ।
प्रदेश सभा ख मा पर्ने यी तीन पालिकाकाको २१ वटा वडा मध्ये १३ वटा वडामा गठबन्धन र ८ वटामा एमलेले जितेको छ । अर्को तर्फ सूर्योदयको नगर प्रमुख र रोङको अध्यक्षमा गठबन्धन नै बिजयी भएको छ । यसलाई आधार मान्धा र स्थानीयले रुचाईएका उम्मेदवार भएका कारण उहाको पल्ला भारी रहेको गठबन्धन दलले अनुमान गरेका छन । वडामा आफु आफु चुनाव लड्दा आएको मतको आधार मात्र भएकाले पनि गठबन्धन दलले सबै एकै ठाउँ हुँदा अझै मत बढ्ने अनुमान गरेका छन ।
राईले आफु निर्वाचित भएर जादै गर्दा मत दिने मतदाताको मत खेर जान नदिने गरी बिकास गर्ने प्रतिवद्धता ब्यक्त गर्दै आउनु भएको छ ।

TOP