जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको क्षेत्र नम्बर दुईलाई दुर्गम भन्नु नपर्ने बनाउछु : उम्मेद्वार डम्बरबहादुर खड्का

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलामको क्षेत्र नम्बर दुईलाई दुर्गम भन्नु नपर्ने बनाउछु : उम्मेद्वार डम्बरबहादुर खड्का

इलाम : नेपाली कांग्रेस इलामका सभापति एवं इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेद्वार डम्बरबहादुर खड्काले इलामको क्षेत्र नम्बर दुईलाई दुर्गम बाट सुगम भनेर चिनाउने बताएका छन् । देउमाई नगरपालिकाको मंगलवारेमा आयोजित चुनाबी कार्यक्रम लाई सम्बोधन गर्दै उहाले आफुले एकपट्क काम गर्ने अवसर पाए दुर्गमा लाई पाचबर्ष भित्रमा सुगम भनेर चिनाउने गरि बिकासका योजनाहरु ल्याउने बताए ।

नेता खड्काले बिगत लामो समय देखी एउटै ब्यक्ती निर्वचित गरएर पठाएँ पनि यस क्षेत्रको बिकास नभएको भन्दै अब मतदातालाई नयाँ अनुहार चुन्ने मौका आएको समेत बताए। खड्काले अहिलेको गठबन्धन लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न भएकाले यसपटकको निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसैले पनि उनले सम्पुर्ण मतदातालाई यसपटक गठबन्धनलाई सहयोग गर्न अपिल समेत गरे ।

इलाम क्षेत्र नम्बर २ मा पर्ने पश्चिमि भेगका पालिकाहरु बिकासको दष्टिकोणले निकै पछि परेको छ । जिल्लाको माङसेबुङ्ग, फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिका बिकासको हिसाबले निकै पछि परेका पालिकामा पर्दछन् । यस क्षेत्रमा सदरमुकामको इलाम नगरपालिका पनि पर्दछ । तर यो पालिका भन्दा अरु पालिकाको बिकासले फड्को मार्न सकेको छैन । सडक, शिक्षा, खानेपानी, बिजुलीजस्ता अत्यावश्यक सुविधाबाट सो पालिकाका बासिन्दा अझैपनि बञ्चित हुनु परेको छ । खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडक चाहिँ यहाँको मुख्य आवश्यकता हुन् ।
यो क्षेत्रमा हिउँदभर जसोतसो गाडी चल्छ, बर्खा लागेपछि सबैतिर ठप्प हुँदै आएको छ । क्षेत्र नम्बर २ २०५६ को निर्वाचनबाट पटक पटक निर्वाचित भएका नेकपा एमालेका नेता सुबासचन्द्र नेम्वाङको क्षेत्र पर्दछ ।

TOP