पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

६ लेन सडक चाँडो निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

  • प्रकाशित मितिः May 18, 2025
  • हाम्रो पालिका
६ लेन सडक चाँडो निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विराटनगर–धरान सडक–खण्ड निर्माण कार्य सुस्त गतिमा अगाडि बढेको भन्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चाँडो निर्माण गर्न निर्देशन दिएका छन् ।

इटहरी बजारक्षेत्रमा सडकले लिने जग्गा ‘क्लियर’ नभएको भन्दै हालसम्म इटहरीमा विवाद नटुङ्गिदा ६ लेन सडक निर्माण सुस्त भइरहेको भन्दै आलोचना हुन थालेको छ । इटहरी चौकमा बाटो दुईपट्टि नै भत्काए पनि निर्माण कार्य चाँडो नहुँदा इटहरीको मुख्य बजार अस्त–व्यस्त हुन पुगेको छ । महँगो भाडा लिएर व्यापार गर्दै आएका व्यापारीहरू समस्यामा परेका छन् ।

इटहरी चौकका व्यापारीहरूको व्यापार अहिले चौपट भएको इटहरीका व्यापारी शङ्कर अग्रवालले बताए । एकै पटक दुई तिरको नै सडक भत्काएर मुख्य बजार अस्त–व्यस्त बनाएको उनको आरोप छ । एकातिर काम सकेर अर्कोतिर काम गर्नुपथ्र्यो तर दुवैतिर भत्काएर सुस्त गतिमा काम गर्दा व्यापारीहरूको बेहाल भएको उनको तर्क छ । ‘निर्माणाधीन काम तत्काल सक्नुप¥यो व्यापारीहरू समस्यामा परेका छन्’ –उनले थपे ।

६ लेन सडक निर्माणको काम ढिलो भएको इटहरीका सडक सङ्घर्ष समितिका संयोजक मदन चूडालले बताए । चूडालले इटहरीमा मात्र नभई ६ लेन सडकको लापरबाहीकै कारण समग्र जनताले यात्रा गर्दा दुःख पाएको बताए । ‘अहिले सडक निर्माण कार्यको विषयमा ६ लेन सडकमा गम्भीर लापरबाही भइरहेको छ’ –उनले भने । उनले मनपरी मापदण्डमा निर्माण भएको ६ लेन सडकको विषयमा गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रहसमेत गरे ।

यता काम गर्न ढिलाइ भएको भन्दै ६ लेन सडक विस्तारको कामलाई रफ्तारमा लैजान १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले ६ लेन सडक आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । काममा ढिलासुस्ती भएको भन्दै गुनासो बढ्दै गएकोले सडक निर्माणको काममा खेलाँची नगर्न आयोजना प्रमुख बद्री शर्मालाई निर्देशन दिएका हुन् ।

पछिल्लो समय ६ लेन सडक निर्माणमा लापरबाही भएको जनगुनासो बढेको मुख्यमन्त्री राईले जनतासँग मुख्यमन्त्री कार्यक्रममार्फत् बताएका हुन् । उनले सडकको विषयमा गम्भीर बन्न निर्देशन दिए । जनताहरू ६ लेन सडकप्रति असन्तुष्ट बन्दै गएको भन्दै चाँडो काम गर्न निर्देशन दिएका हुन् । अस्त–व्यस्त सडकले सर्वसाधारण मारमा परेको मुख्यमन्त्री राईको भनाइ थियो ।

TOP