जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकामा थप पाँचवटा सिंचाई आयोजना संचालन हुँने

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकामा थप पाँचवटा सिंचाई आयोजना संचालन हुँने

इलाम: इलामको सूर्योदय नगरपालिका र कार्यक्रम व्यवस्यापन तथा कार्यान्वयन सहयोग परामर्शदाता ( PMISC ) बीच साना सिचाई कार्यक्रम(दोस्रो चरणको कार्यान्यवनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार नगरका प्रतिनिधि र आयोजनाका प्रतिनिधि बिच चालु आर्थिक बर्षका लागि थप पाँचवटा सिंचाई आयोजनाका काम गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
पहिलो चरणको तीनवटा कार्यक्रमहरु टाङटिङ खोला , पिपलडाडा सिचाई योजना , साउने सिचाई योजना र कन्याम फाजीगाँउ सिंचाई आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यी काम अन्तिम चरणमा पुग्दै गर्दा नयाँ पाँचबाट आयोजनाका लागि सम्झौता भएको नगरपालिकाले जानकारी दिएको छ ।
दोस्रो चरणमा नगर क्षेत्रमा थप पाँच वटा आयोजनाको काम हुने छ । कट्याङ खोला सिचाई योजना,अम्वीटार सिरुवानी सिचाई योजना,दशगते फेदी सिचाई योजना,माघेटार सिचाई योजना र रामेखोला मेलबोटे सिचाई योजना संचालनका लागि नगर संग सम्झौता पत्रमा हस्ताक्षर भएको आयोजनाका कलष्टर संयोजक केशब लामाले जानकारी दिनु भये ।
उक्त कार्यक्रम संचालनका लागि स्वीस सरकारबाट ३० प्रतिशत, सघीय सरकारबाट २० प्रतिशत, प्रदेश सरकारबाट २० प्रतिशत, स्थानीय सरकारबाट २० प्रतिशत र उपभोक्ताबाट १० प्रतिशत लागत साझेदारी रहने छ ।
नगर प्रमुख रण बहादुर राईले आयोजनाको काम सम्पन्न भई संचालनमा आएपछि कृषकहरुको कृषि आय, उत्पादकत्वमा वृद्धि गर्दै दिगो कृषि विकासमा महत्वपूर्ण भूमिका खेल्ने जानरी दिनु भयो । नगर क्षेत्रमा ४८ वटा आयोजनाको सर्भे भैसकेको संयोजक लामाले जानकारी दिनु भयो । प्राथमिक्ता हेरी नगरले अन्य कार्यक्रम समेत थप गर्न सक्ने जनाईएको छ । समझदारी साढे ४ बर्षका लागि गरिएको छ ।

TOP