प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन

फिक्कल: इलामको माङ्सेबुङ गाउँपालिका–६ चिसोपानी पञ्चमी स्थित बाँझो स्वास्थ्य चौकीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हेडक्वाटर श्रीअन्तु इलामको आयोजना तथा माङ्सेबुङ गाउँपालिकाको संयोजनमा तालिम सुरु गरिएको हो।
आगामी २४ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गर्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख कुलदिप चन्द तथा सशस्त्र प्रहरी बल नेपाल नं. १ गण श्रीअन्तु इलामका गणपति (एसपी) केशवराज प्याकुरेल लगायतको उपस्थिति रहेको थियो।
तालिममा २५ जना प्रशिक्षार्थी, ४ जना प्रशिक्षक तथा स्थानीय बासी सहित करिब ७० जनाको सहभागिता रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १ गण श्रीअन्तु इलामका गणपति (एसपी) प्याकुरेलले जानकारी दिनु भयो । विपद्का समयमा स्वयंसेवक परिचालन, उद्धार, समन्वय तथा प्रारम्भिक व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरीले बिपद्को समयमा अग्रपक्तिमा रहेर काम गर्दै आएको छ ।

TOP