प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम”

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम”

फिक्कल: इलामको सूर्योदय नगरपालिका वडा नं. २, पशुपतिनगरमा “पर्यटक मैत्री भावना तथा क्षमता विकास तालिम” कार्यक्रम संचालन गरिएको छ ।पर्यटन कार्यालय काकडभिट्टाको आयोजना तथा सूर्योदय नगरपालिका वडा नं. २ को संयोजनमा नेपाल–भारत सीमाक्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायका कर्मचारीलाई लक्षित गरी “पर्यटक मैत्री भावना तथा क्षमता विकास तालिम” कार्यक्रम संचालन गरिएको हो ।
पर्यटन कार्यालय काकडभिट्टाका कार्यालय प्रमुख छवि खतिवडाको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा कर्मचारी र सरोकारवाला गरी ४४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा अध्यागमन कार्यालय कककडभिट्टका तुलसी भट्टराई , पर्यटक प्रहरीका बरिष्ठ सइ मान बहादुर खत्री र पर्यटन कार्यालय काकडभिट्टाका अधिकृत निरोज कट्टेलले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा कार्यबहाक नगर प्रमुख बरालले सीमाक्षेत्र आवतजावतको नाका मात्र नभई देशको पहिचान, संस्कार र आतिथ्यताको पहिलो झलक भएको बताउनु भयो । उहाले उक्त क्षेत्रमा कार्यरत कर्मचारी नै वास्तविक अर्थमा राष्ट्रका प्रतिनिधि भएको बताउदै पर्यटक प्रति सकारात्मक व्यवहार, सेवा प्रवाहमा सहजता र समन्वयात्मक कार्यशैली जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममार्फत सहभागीमा सेवामुखी सोच, पेशागत दक्षता तथा पर्यटकप्रति मैत्रीपूर्ण व्यवहार विकास हुने अपेक्षा लिएको छ । पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने पर्यटन कार्यालय काकडभिट्टाका प्रमुख खतिवडाले बताउनु भयो । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष डिक बहादुर बम्जन सहित सरोकारवालाको सहभागिता रहेको थियो ।

TOP