जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न

गोबिन्द पौडेल,फिक्कल:

इलामको सिद्धिखोलामा निर्माणाधिन सिद्धि हाइड्रोपावर कम्पनीको बिजुलीको परीक्षण प्रसारण सम्पन्न भई राष्ट्रिय ग्रिडमा जडान भएको छ ।
सिद्धि हाइड्रोपावरको प्रवद्र्धनमा निर्माण भएको सिद्धि खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली कम्पनी आफैँले इलामको लसुनेमा निर्माण गरेको सबस्टेसन मार्फत राष्ट्रिय ग्रिडमा जडान भएको हो। उक्त आयोजनाको बिजुली उत्पादनको सफल परीक्षण पछि राष्ट्रिय ग्रिडमा जडान गरिएको कम्पनीले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका बिचको सिद्धिखोलामा उक्त आयोजना निर्माण गरिएको छ। सिटिजन्स बैंकको एकल ऋण लगानीमा बनेको यो आयोजनाको बिजुली उत्पादन क्षमता १० मेगावाटको रहेको छ।आयोजनाको लगात प्रतिमेगावटा २१ करोड रुपियाँ रहेको कम्पनीले जनाएको छ। रोङ गाउँपालिका वडा न.ं ६ र सूर्याेदय नगरपालिका वडा नं. ५ को सिमाना रहेको खरवनि पम्पलेमा हेड ट्याङ्क रहि साढे तीन किलोमिटर लत पाईप लाईन निर्माण गरि तातोपानीमा पावर हाउस निर्माण सम्पन्न भएपछि लसुने सव स्टेसनवाट राष्ट्रिय ग्रिडमा बिद्युत जडान गरिएको सिद्धिहाइड्रो पावर कम्पनीका सरोज पौडेलले बताउनु भयो ।
२०८० असोजवाट निर्माण थालिएको उक्त आयोजना गत मंसिरमा सम्पन्न गरिने अन्तिम तैयारी भइसकेकोमा गत असोज १८ र १९ को प्राकृतिक प्रोकोपका कारण करिव ६ महिना ढिलो भएको थियो । उक्त वाढी पहिरोवाट करिव ५० करोडको क्षति परियोजनालाई भएको पौडेलको भनाई रहेको छ ।

TOP