खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान

  • प्रकाशित मितिः October 15, 2026
  • हाम्रो पालिका
फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान

फिक्कल:  सूर्योदय नगरपालिकास्थित फिक्कल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नयाँ नेतृत्वको टिम निर्वाचित भएको छ। कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट संस्थाको अध्यक्ष पदमा राजन प्रधान २८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा अभिषेक पौडेल २३७ मतका साथ विजयी भएका छन् । त्यसैगरी सचिव पदमा प्रकाश घिमिरेले १८० मत प्राप्त गरी जित हासिल गरेका छन् भने कोषाध्यक्ष पदमा साधना फागो निर्विरोध निर्वाचित भएकी छन् ।

कार्यसमितिको महिला सदस्य पदमा देउ कुमारी कट्टेल २८४ मत र शारदा मुखिया १६५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।यस्तै, खुल्ला सदस्यतर्फ पाँच जना निर्वाचित भएका छन् । जसमा अर्जुन कुमार सुवेदीले २२६ मत, डम्बर बहादुर प्रधानले १८७ मत, महेश प्रधानले १४३ मत, भोगिन्द्र बहादुर कार्कीले १४० मत र सुवास भट्टराईले १३९ मत प्राप्त गरेर विजय हासिल गरेका छन् ।

नयाँ नेतृत्व चयनसँगै फिक्कल क्षेत्रको खानेपानी व्यवस्थापन र सरसफाइका क्षेत्रमा थप सुधार हुने उपभोक्ताले अपेक्षा गरेका छन् ।

TOP