प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा एक सय ५० बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।नगर क्षेत्रमा बढ्दो सामुदायिक कुकुरको संख्यालाई वैज्ञानिक ढंगले घटाउनका लागि संचालन गरिएको शिविरमा नगर क्षेत्रका एक सय ५४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।
सूर्योदय नगरपालिका पशु पंक्षि बिकास शाखाले आयोजना गरेको शिविरमा नगरको फिक्कल , छिपिटार कन्याम, हर्कटे, पशुपतिनगर, आईतबारे , तीनघरे लगायतका क्षेत्रमा रहेका सादुदायिक कुकुरको बन्ध्याकरण गरिएको नगरपालिकाको पशु पंक्षि बिकास शाखा प्रमुख बिपिन कुमार सिंले जानकारी दिनु भयो ।
शिविरमा ल्याइएका कुकुरहरूलाई शल्यक्रियापछि केही समय निगरानीमा राखिन्छ र पुनः उनीहरूकै पुरानो बासस्थानमा लगेर छोडने गरिएको छ ।नगर क्षेत्रमा जताभावी फैलिएका कुकुरका कारण पर्यटनक र नगरवासीलाई ढुक्कसँग हिँडडुल समस्या पर्दै आएको थियो । हुल बाढीएर आउने बेवारिसे कुकुरका कारण पर्यटकीय नगरीको सोभा घटेको भन्दै स्थानीयले समेत कुकुर नियन्त्रण गर्न माग गर्दै आएका थिए । कुकुरका कारण सडक दुर्घटना समेत हुने गरेको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोइरालाले सूर्योदय नगरपालिका पर्यटकीय नगरी भएका कारण कुकुर लगायतका बेवारिसे चौपयाको संख्या कम गर्नका लागि पहल थालिएको जानकारी दिनु भयो ।
तीन दिन सम्म संचालित शिविरमा आज वाँकी रहेका कुकुरको बन्ध्याकरण गर्ने पशपंक्षि बिकाश शाखाले जनाएको छ । नगरमा अन्य पालिकाबाट समेत बेवारिसे कुकुर आएर नगरको सौदर्य घटाउने गरेको नगरपालिकाले जनाएको छ ।

TOP