जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने

काठ्माण्डौ: इलामको सूर्योदय नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । मन्त्री परिषदको आजको निर्णयले सूर्योदयमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
नापी र मालपोत कार्यालय स्थापना गर्ने मन्त्रीपरिषदको निर्णय संगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी दरबन्दी तेरिजको सूचना समेत प्रकाशन गरेको छ ।
मन्त्रालयले मालपोत तर्फ मालपोत अधिकृत सहित ९ जना कर्मचारी दरबन्दी तेरिजको सूचना प्रकाशन गरेको छ । यस्तै नापी तर्फ नापी अधिकृत सहित ८ जना कर्मचारीको दरबन्दी तेरिजको सूचना प्रकाशन गरेको छ । मन्त्रालयका अनुसार चार्ड कार्यलय स्थापना हुने छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले नापी र मालपोत कार्यालय स्थापना भएपछि अव सूर्योदय सहितको ठूलो जनसंख्यालाई राहत मिलेको बताउनु भयो । तीन बर्ष अघि देखि नगर प्रमुख राई , उप–प्रमुख दुर्गाकुमार बराल सहितले पहल गर्नु भएको थियो । नगर उप–प्रमुख बरालले कार्यालय ब्यवस्थापन सहितको ब्यवस्था भएपछि तत्काल कार्यालय स्थापना हुने जानकारी दिनु भयो । मन्त्रालय स्रोतले १५ दिन भित्रमा कार्यालय स्थापना हुने जनाएको छ । मन्त्रालयका अनुसार कार्यक्षेत्र( अन्य पालिका) भने कार्यालयले नै तोक्ने जनाएको छ ।
इलाम बजारमा मालपोत र नापी भए पनि धेरै टाढाबाट धाएर जादा स्थानीयले काममा हैरानी ब्यर्होर्नु पर्ने बाध्यता थियो । सूर्योदय नगरपालिकाले मालपोत र नापी कार्यालय स्थापनाका लागि पहल गरीरहदा इलामकै केहि नेता भने उक्त कार्यालय स्थापना गर्न नदिन पटक पटक मन्त्रालय समेत धाएका थिए ।

TOP