जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन

फिक्कल: इलामको सूर्योदय नगरपालिका ५ समालबुङ्गमा सशस्त्र प्रहरीले १० दिने केश कर्तक तालिम सञ्चालन गरेको छ ।“सीमाबासिसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल नं. १ गण हेड क्वार्टर श्रीअन्तु इलामको आयोजनमा १० दिने केश कर्तक तालिम सञ्चालन भएको हो ।
गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र सुवेदीले सूर्योदय नगरपालिका ५ स्थित बोर्डर आउट पोष्ट (बि.ओ.पी.) समालबुङ्गमा तालिमको उद्घाटन गर्नु भयो । तालिमको उद्घाटन गर्दै गणपति सुवेदीले सीमावर्ती क्षेत्रमा नागरिक सँग सहकार्य गर्दै उक्त तालिम आयोजना गरिएको बताउनु भयो । उहाँले सीमा सुरक्षा,आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापनको क्षेत्रमा संगठन अधिक केन्द्रीत रहेको बताउनु भयो ।
सीमा क्षेत्रबाट हुन सक्ने अवैध गतिविधिको रोकथाम तथा नियन्त्रणमा सीमाबासिको भूमिका महत्वपूर्ण भएकोले नागरिक–प्रहरी एकापसमा हातेमालो गर्दै अगाडी बढ्ने नीति सशस्त्र प्रहरीले लिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
गणपति सुवेदीले भन्नु भयो ‘तेश्रो मुलुकका नागरिकबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रणमा सशस्त्र प्रहरी राष्ट्रसेवक अहोरात्र खटिरहेका छन त्यस्ता गतिविधिलाई रोकथाममा स्थानीयले सूचना उपलब्ध गराई सुरक्षाकर्मीलाई सहयोग गर्नु पर्छ ।’
कार्यक्रममा सूर्योदय नगरपालिका – ५ का वडाध्यक्ष उर्गेन बम्जनले सशस्त्र प्रहरीले सीमाबासीसँग सहकार्य गर्दै तालिम सञ्चालन गरी स्थानीय युवाको सीप विकासमा समेत महत्वपूर्ण टेवा पु¥याएको बताउनु भयो ।
तालिमको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश कोइराला लगायतको सहभागिता रहेको थियो ।
केश कर्तक तालिममा स्थानीय १० युवा साथै सशस्त्र प्रहरी कर्मचारी १ जना समेत गरी ११ जनाको सहभागिता रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट समालबुङ्गका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गणेश भण्डारीले जानकारी दिनु भयो ।

 

TOP