जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामका १० वटै पालिकामा नेपाली सेना सहितको सुरक्षा

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामका १० वटै पालिकामा नेपाली सेना सहितको सुरक्षा

फिक्कल: इलामका १० वटै पालिकामा नेपाली सेनाले सुरक्षा दिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र थप भौतिक संरचनाको क्षती हुन नदिन नेपाली सेना जिल्लाभर परिचालित भएको हो । बुधबार दिउसोबाट सेनाले सुरक्षा दिएपछि जनजिवन सामान्य बन्न थालेको छ ।
पालिकाहरुमा नेपाली सेनाको कमाण्डमा शसस्त्र प्रहरी र नेपाल प्रहरी समेत परिचालन गरीएको नेपाली सेनाको रण सार्दुल गण इलामका प्रमुख प्रलाद घलेले जानकारी दिनु भयो । आन्दोलनरत जेनजी समुहले मंगलबार इलाम नगरपालिकाको मुख्य प्रशानिक भवनमा आगालगि गरेका थिए । आगलागिबाट इलाम नगरपालिकामा ठूलो क्षती भएको छ । यस्तै जेनजी समुहले इलामको माई नगरपालिकामा पनि आगजनी गरेका छन । यस्तै इलामको रोङ गाउँपालिका वडा नं. २ को कार्यालयमा पनि आगलागि भएको छ । अन्य स्थानमा समेत केहि वडामा आगलागि गरीएको छ । जेनजी समुहको नाममा इलामको रोङ गाउँपालिकामा पटक पटक आगलागि गर्ने प्रयास भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो । यसै बिच इलामका अधिकांश पालिकामा बिद्यालय बन्द गरीएको छ भने प्रशासनीक काम पनि बन्द गरीएको छ ।
यसै बिच जिल्ला प्रशासन कार्यालय इलामले बुधबार दिउसो ३ बजेबाट भोली बिहान ६ बजेसम्म इलाम जिल्लाभर कर्फयु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले थप क्षती हुन नदिन र कुनै प्रकारको प्रदर्शन हुन नदिन कर्फयु आदेश जारी गरीएको जानकारी दिनु भयो ।

TOP