जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको रोङमा ‘एक घर–एक श्रम’ अभियान

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको रोङमा ‘एक घर–एक श्रम’ अभियान

प्रेम अधिकारी, पशुपतिनगर(इलाम)
इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफनो गाउँको बिकासमा श्रम गर्ने अभियान संचालनको थालनी गरीएको छ । गाउँपालिकाले कार्यविधिनै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागु गरेपछि अभियान संचालन गरीएको हो ।
गाउँपालिकामा रहेका ५७ वटा टोलबिकास संस्था मार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ । स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, बिद्यालय घेराबार ,मठमन्दिरको पुनः निर्माण, सामुदायिक बनमा बृक्षा रोपण देखि सरकारी , सार्वजनिक सम्पत्तीको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो ।
उहाले बिकास पछिको ब्यवस्थापनमा अहिले सम्म ध्यान नपुगेका कारण बिकास भएर पनि संरक्षण हुन नसेका संरचनको संरक्षणका लागि नागरिकलाई नै सक्रिय गराइएको जानकारी दिनु भयो ।
गाउँपालिकाले शुरुमा कार्यविधि बनाएर गाउँपालिका भित्रका ५७ वटै टोलबिकासका पदाधिकारीलाई टोल बिकासको काम , कर्तब्य र अधिकारका बिषयमा प्रशिक्षण दिएको थियो । पालिकालले टोल बिकासको मासिक बैठक लगायतका लागि आवश्यक सामग्री सहित प्रत्येक टोल बिकास संचालनका लागि बाािर्षक २० हजार रुपियाँका दरले बजेटको ब्यवस्थापन गरेको छ ।
अनिवार्य श्रम नगरे वडाको सिफारिस रोक्ने सम्मको कानुन निर्माण गरेको गाउँपालिकाले नीति निर्माण गरेर स्थानीय स्तरको ब्यवथापकीय पक्षलाई मजबुत बनाउनका लागि टोल बिकास संस्था मार्फत नागरिक परिचालन गरीएको गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘हामी सिमित बजेटमा काम गर्छौ, सबै ठाउँमा एकै पटक बिकास गर्न सम्भव छैन, नागरिकले सरकारलाई दोष मात्र दिइने होइन, सरकारले गरेका काममा सघाउनु पर्छ भन्ने बानीको बिकास गराउन खोजेका हौ।’
गाउँपालिकाको रम्भ्याङको थर्पु टोल बिकास संस्थाका अध्यक्ष युवराज आचार्यले गाउँपालिकाले शुरु गरेको श्रम संस्कृतिको अभियानमा नागरिकले उल्लेखीय साथ दिएको जानकारी दिनु भयो । उहाले सडकमा थुपारीएको गोलिया(काठ) हटाउन र गोलिया ओसार पसार बन्द गर्न टोल बिकास संस्था लागि रहेको जानकारी दिनु भयो । सडक किनारमा राखीने गोलियाका कारण र ठूला सवारीमा गोलिया बोकेपछि सडक भत्कीएर जाने भएकाले त्यसलाई हटाउन रोक्ने काम गरी सडक मर्मतको काम उक्त क्षेत्रमा टोल बिकास मार्फत नागरिकले गरीरहेका छन ।
मेची राजमार्गले छोएर झापा र भारत संग सिमाना जोडिएको उक्त गाउँपालिका भौगोकि रुपमा निक्कै बिकट छ । आफनै पालिकाका कतिपय वडा जानका लागि झापा भएर मात्र पुगिन्छ । नागरिकको सहभागितामा बिकासका सानातिना काम गर्दा पालिकाको खर्च समेत कम भएर जाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहानले जानकारी दिनु भयो । उहाले नागरिक आफै सहभागि भएर गरीएका काममा नागरिकको समेत दायित्व र अपनत्व हुने भएकाले श्रम संस्कृतिको बिकास गर्नु पर्ने बताउनु भयो । ा
स्थानीयले सडक मर्मत देखि संरक्षणका काम गर्न थालेपछि अहिले गाउँपालिकाको मुहार फेरीदै गएको छ । उक्त अभियानका कारण पालिका भित्रका धार्मीक तथा पर्यटकीय स्थल समेत स्वच्छ र सफा बन्दै गएको चामेटार टोल बिकास संस्थाका अध्यक्ष प्रदिप भुजेलले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘गाउँपालिकाले कार्यबिधि बनाएपछि हामीलाई सबैलाई काममा एकजुट गराउन सहज भएको छ, आफनो गाउँ आफै बनाउनु पर्छ भन्ने संस्कृतिको यो अभियानले बिकास गरेको छ ।’ श्रम अभियानमा पालिका र वडाका जनप्रतिनिधि समेत संगसंगै खटने गरीएको गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिनु भयो ।
कृषि क्षेत्र अन्र्तगत गुन्द्रुक, करेला , सिस्नो , कुचो, बेसार , मह लगायतको उत्पादन, ब्राण्ड्रिङ र बजारी करणमा लागेको गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि मासिक रुपमा अविभावक शिक्षा कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

 

TOP