Hamropalika menu advertisement

पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
पत्रकार योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार

इलाम :नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलाम शाखाले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा “समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार” भन्ने मूल नारासहित आयोजना गरेको कार्यक्रममा आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । उनले नगद १० हजार रुपैयाँ सहित सम्मान ग्रहण गरेका छन् ।

पुरस्कार ग्रहण गर्दै पत्रकार योङहाङले आफूलाई प्राप्त रकमलाई महासंघकै कोषमा जम्मा गरी यसलाई अझ गतिशील बनाउन योगदान दिने घोषणा गरे ।पत्रकार योङहाङ रासस र सौर्य दैनिकमा समेत कार्यरत छन ।

कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सहायक प्रमुख जिल्ला अधिकारी ,इलाम प्रहरी प्रमुख ,सामाजिक अभियान्ता, बुद्धिजीवी, तथा महासंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

TOP