जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको सूर्योदय र रोङको फोहोर मैला व्यवस्थापनका लागि सम्झौता

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदय र रोङको फोहोर मैला व्यवस्थापनका लागि सम्झौता

फिक्कल: सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाको फोहोर मैला व्यवस्थापन गर्न सम्झौंता भएको छ ।स्वीस सरकार परियोजनाले २ करोड , लागतको ५० प्रतिशत प्रदेश सरकार र बाँकी स्थानीय सरकारले बजेटको व्यवस्थापन हुने गरी फोहोर ब्यवस्थापनको सम्झौता भएको हो ।
परियोजना १० करोडखर्च १० करोड हाराहारी पुगने छ । आज मोरङका चार र इलामका दुई पालिकाले फोहोरमैला व्यवस्थापन रणनीति तयार गर्न प्रदेश सरकारसँग सम्झौता गरेका छन् ।
६ वटा पालिकाले शुक्रबार संयुक्त रुपमा कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी सम्झौता गरेका हुन् ।सम्झौता अनुसार अब मोरङको रंगेली र सुनवर्षी नगरपालिका तथा कानेपोखरी र धनपालथान गाउँपालिकाले संयुक्त रुपमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालन गर्नेछन् ।इलामको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाले पनि संयुक्त रुपमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्नेछन् ।
समझदारी पत्रमा मन्त्रालयको तर्फबाट निमित्त सचिव रमेश श्रेष्ठले र रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, धनपालनाथ गाउँपालिकाका अध्यक्ष जिबछ गच्छदार तथा कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्नामले हस्ताक्षर गरेकी छिन्।इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले हस्ताक्षर गरेकी छिन्।सम्झौता अनुसार मोरङका चार पालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र रंगेलीमा निर्माण हुनेछ । फोहोलामैला व्यवस्थापन केन्द्रका लागि रंगेली नगरपालिकाले १ बिघा जग्गा पनि छुट्याएको छ।
चार वटा पालिका मुख्यमन्त्री अत्यावश्यक केन्द्र पनि निर्माण भइरहेको छ । लामका दुई पालिकाको फोहोर व्यवस्थापन केन्द्र सूर्योदय रहनेछ ।
सम्झौता भएका कारण अब डिपीआर तयार हुनेछ । दुई स्थापनमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५–५ करोडका दरले बजेट छुट्याएको छ । प्रदेश समन्वय परिषद् ‘पीएसपी’ २–२ करोड बजेट छुट्याएको छ । अपुग रकम स्थानीय सरकारले छुट्याउने छन् ।

स्थानीय तहले संयुक्त रूपमा फोहोर व्यवस्थापनका लागि एकीकृत फोहोरमैला प्रशोधन केन्द्र र ल्यान्डफिल साइट निर्माण गर्दा फोहोरको पुनः प्रयोग, प्रशोधन र व्यवस्थापन वातावरणमैत्री बनाउने सरकारी लक्ष्य छ ।साझेदारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके फोहोरमैला व्यवस्थापन देशमा नमुना बन्न सक्ने भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बताए। फोहोरमैला व्यवस्थापनको चुनौतीलाई सामूहिक प्रयासबाट समाधान गर्न पहल गर्न उनले आग्रह गरे।

TOP