प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने
Hamropalika menu advertisement

वेलायतमा सम्पन्न १६ औँ नेपाली मेला: मानव धर्म सोसाइटी युकेको सक्रिय सहभागिता

  • प्रकाशित मितिः October 13, 2026
  • हाम्रो पालिका
वेलायतमा सम्पन्न १६ औँ नेपाली मेला: मानव धर्म सोसाइटी युकेको सक्रिय सहभागिता

लण्डन:  नेपाली भाषा, संस्कृति र मौलिकताको जगेर्ना गर्दै वेलायतमा आयोजना गरिएको १६ औँ नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ। लण्डनको केम्प्टन पार्कमा सम्पन्न मेलामा करिब १३ हजार नेपालीको उपस्थिति रहेको आयोजकले जनाएका छन्। मेलामा मानव धर्म सोसाइटी युकेले झाँकी, र्‍याली, स्वागत नृत्य लगायतका विविध प्रस्तुतीसहित उल्लेखनीय सहभागिता जनाएको थियो। सोसाइटीका अध्यक्ष नुर थापाले मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्वभर फैलाउन खोज्नुभएको भाइचारा र विश्वशान्तिको सन्देशलाई प्रस्तुत गर्दै मानव धर्मको उद्देश्य तथा समाजसेवामुखी गतिविधिहरूबारे जानकारी गराएका थिए। मेलाको उद्घाटन नेपाली राजदूत चन्द्र कुमार घिमिरेले गर्नुभएको थियो भने विशिष्ट अतिथि कुलमान घिसिङले कार्यक्रममा सम्बोधन गरेका थिए। तमु धिं युके र वेलायतका लागि नेपाली दूतावासको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ४४ वटा संस्थाले झाँकी, र्‍याली र मौलिकता झल्किने सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए। यस्तै, करिब ७० ओटा संस्था तथा व्यवसायले मेलामा आफ्नो स्टल प्रदर्शन गरेका थिए। सहभागीहरूको भनाइमा विगतका वर्षको तुलनामा यस वर्षको मेला अझ भव्य र सफल बनेको छ।

TOP