जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये सूर्योदय पहिलो, देशमै छैटौ स्थानमा

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
कोशी प्रदेशका १३७ स्थानीय तह मध्ये सूर्योदय पहिलो, देशमै छैटौ स्थानमा

प्रेम अधिकारी
पशुपतिनगर(इलाम) भदौ ७ गते

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को नतिजा अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको आधारमा ९० दशमलब ५० अंक सहित सूर्योदय नगरपालिका कोशी प्रदेशका एक सय ३७ पालिका मध्ये पहिलो भएको हो । नतिजा अनुसार सूर्योदय नगरपालिका इलामका १० पालिका मध्ये पहिलो तथा देशका सात सय ५३ पालिकामा छैटौं स्थानमा परेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  आ.व. २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षण गर्दा सूर्योदय नगरपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ८, बार्षिक बजेट तथा योजना तर्जुमा ब्यवस्थापनमा ८ दशमलब ५० , बित्तीय एवम् आर्थिक ब्यवस्थापनमा ११,सेवा प्रवाहमा १३ दशमलब ५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११,सामाजिक समाबेशीकरणमा ९, वातावरण संरक्षण तथा बिपद् ब्यवस्थापनमा ८ , सहकार्य र समन्वयमा ५ दशमलब ५० अंक गरी जम्मा ९० दशमलब ५० अंक प्राप्त गरी जिल्ला तथा कोशी प्रदेशको पहिलो तथा देशकै छैटौ स्थानमा पर्न सफल भएको छ ।इलामकै इलाम नगरपालिका ९० अंक सहित कोशी प्रदेश तथा इलाम जिल्लाको दोस्रो भएको छ । त्यस्तै बिराटनगर महानगरपालिका ८७ दशमलब २५ अंक सहित प्रदेशमा तेस्रो भएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले सबै कामलाई दिगो बिकासका लक्ष्य संग जोडेर काम गर्दा संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले गरेको मूल्याङ्कन परीक्षणमा कोशीकै पहिलो हुन सफल भएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘हामीले सबै कानुन कार्यविधि बनाएका छौ, हामी कानुन कार्यविधि भित्र रहेर काम गर्छौ, यो सफलता त्यसैको हो ।’उहाले बिगतको अवस्थालाई रहेर नगरपालिका कहा चुकेको छ भन्ने पत्ता लगाएर काम गर्ने गरिएको जानकारी दिनु भयो । सूर्योदय नगरपालिका यस अघि आर्थिक बिकास तर्फ देशकै पहिलो भएको थियो ।
सूर्योदय नगरपालिकाले सडकको २५ बर्षे गुरुयोजना निर्माण गरी काम गर्दै आएको छ । कार्यपालिका बैठक सहित नगरका सार्वजनिक महत्वका कार्यक्रम प्रत्यक्ष प्रसारण गर्दै आएको नगरले प्रत्येक चौमासिकमा पारदर्शीताका लागि सार्वजनिक सुनुवाई गर्दै आएको छ ।
नगरलाई डिजिटलाईज गरी पेपरलेस अभियानमा लागेको नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि निरन्तर प्रयास गर्दै आएको छ । बालमैत्री नगर घोषणा गरीएको सूर्योदयले यस अघि नै वडा नं. ८ र ९ लाई वातावरणमैत्री नगरपालिका घोषणा गरीसकेको छ । नगरले वडा नं. ७ र ९ लाई पोषणमैत्री वडा घोषणाका लागि काम गरीरहेको छ । दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्न लागि रहेको यस नगरलाई कोशी प्रदेश सरकारले यस अघि नै पर्यटकीय नगरी घोषणा गरेको थियो ।
इलाम जिल्लाको हकमा सूर्योदय पहिलो र इलाम दोस्रो हुँदा ७९ दशमलब ५० अंक सहित सन्दकपुर गाउँपालिका जिल्लामा तेस्रो भएको छ । फाकफोकथुम गाउँपालिका ७८ दशमलब २५ अंक सहित चौथो, रोङ गाउँपालिका ७८ अंक सहित पाँचौ, देउमाई नगरपालिका ७७ अंक सहित छैटौ, माङ्सेबुङ गाउँपालिका ७४ अंक सहित सातौ , चुलाचुली गाउँपालिका ७१ दशमलब ५० अंक सहित आठौ, माई नगरपालिका ६६ दशमलब ५० अंक सहित नवौ र माईजोगमाई गाउँपालिका ६१ दशमलब ७५ अंक सहित दशौ तथा अन्तिम भएको मन्त्रालयको तत्थ्याङ्कमा उल्लेख गरीएको छ ।

 

 

 

TOP