प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

फिक्कलमा वृहत रक्तदान सम्पन्न

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
फिक्कलमा वृहत रक्तदान सम्पन्न

फिक्कल :अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा सिनियर टिम फिक्कलले “रगत दान जीवन दान” भन्ने मूल मन्त्र सहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा १०४ जनाले रगत दान गरी मानवता र परोपकारको सशक्त उदाहरण प्रस्तुत गरेका छन । । रगतदान स्वास्थ्यका लागि लाभदायी मात्र नभई संकटमा रहेका बिरामीको जीवन बचाउने महान कार्य भएकाले कार्यक्रम आयोजक टिमका शरण फागोले जानकारी दिनु भयो ।
नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा उप–प्रमुख दुर्गाकुमार बराल, वडा अध्यक्ष पेमा उगेन लामा, डिक बम्जन, रेड क्रस सोसाइटी इलामका कार्यवहाक सभापति हरीकला गौतम (श्रेष्ठ) लगाययतका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो।
क्सिनियर टिमका प्रतिनिधिले युवा पुस्ता समाज सेवा र मानव हितमा समर्पित हुँदा मात्र राष्ट्र सशक्त र उन्नत बन्ने बताएका छन्। कार्यक्रमममा नगर प्रमुख राईले युवाले गरेका सकारात्मक काममा नगरपालिका सधै सकारात्मक रहने बताउनु भयो । कार्यक्रम सिनियर टिमका राजन प्रधानको अध्यक्षतामा भएको थियो । फागोका अनुसार सिनियर टिमले महिनामा एउटा सामाजिक काम गर्ने जानकारी दिनु भयो ।

TOP