जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सूर्योदयको बजेट,नीति तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
सूर्योदयको बजेट,नीति तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न

फिक्कल:   सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम एक कार्यक्रमका बिच सोमबार सार्वजनिकीकरण गरीएको छ । नगरको आयोजनमा फिक्कल माध्यमिक बिद्यालयको प्राङ्गडमा एक समारोहको आयोजना गरी बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण गरीएको हो ।
नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा सम्पन्न सार्वजनीकिकरण कार्यक्रममा प्रतिनिधिसभा सभा सदस्य महेश बस्नेत , ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन लगायतले संयुक्त रुपमा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको छ ।
बजेट नीति तथा कार्यक्रम सार्जजनिक गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बस्नेतले जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले जनताको अपेक्षा अनुसार काम गर्नु पर्ने बताउनु भयो । उहाले तीनै तहका सरकार बिकास निर्माणका काममा हातेमालो गरेर लागे पनि स्रोत साधनको कमीका कारण जनताको अपेक्षा अनुसार काम गर्न नसकेको जानकारी दिनु भयो । प्रतिनिधि सभा सदस्य बस्नेतले संघीय सांषदले अहिले जनताका घरदैलोमा पुग्दा आलोचना मात्र खेपी रहनु परेको बताउनु भयो । उहाले संघीय सरकारले साना योजना कटौती गर्दा र सांषद बिकास कोषको रकम सरकारले रोक्का गर्दा आफुहरुले जनता माझमा जादा आलोचित बन्नु परेको बताउनु भयो । बस्नेतले इलाम जिल्लाको पूर्वी क्षेत्र पर्यटनको हव भएकाले पर्यटन क्षेत्र र बिकास निर्माणका क्षेत्रमा बिभिन्न काम भैरहेको र आगामी दिनमा तीनै तहका सरकारको समन्वयमा त्यसलाई निरन्र्तता दिन लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूर्योदय नगरपालिकाले गरेका असल अभ्यास ललितपुर महानगरले अनुसरण गर्ने बताउनु भयो । उहाले प्राकृतिक रुपमा सुन्दर रहेको सूर्योदय नगरपालिकाले गर्दै आएका असल कामलाई आगामी बर्ष देखि ललितपुर महानगरले कार्यान्वयन गर्ने जानकारी दिनु भयो ।
नगर प्रमुख महर्जनले खरिद ऐनका कारण स्थानीय पालिकालाई काम गर्न समस्या पर्ने गरेको बताउनु भयो । उहाले बिलोमा ठेक्का दिने प्रक्रियाको अन्त्य नभए सम्म स्थानीय पालिकाहरुलाई काम गर्न समस्या भैरहने र गुणस्तरीय कामको प्रतिफल पाउन नसकिने बताउनु भयो ।
कार्यक्रममा सूर्योदयका नगर प्रमुख रण बहादुर राईले सूर्योदयले आर्थिक बर्ष २०८२/०८३ का लागि १७ औं नगर सभाले पारित गरेको बजेट , नीति तथा कार्यक्रम बारे जानकारी दिनु भएको थियो । उहाले दिगो बिकासका लक्ष्यलाई स्थानीयकरण गर्दै शिक्षा, स्वास्थ्य , कृषि पर्यटन र भौतिक पूर्वाधारका क्षेत्रमा नगरले प्राथमिक्ता दिएर बजेट निर्माण गरेको जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि एक अर्व ४० करोड बढीको बजेट पारित गरेको थियो । नगरले बर्षेनी बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा नगरले नगर क्षेत्रमा बिभिन्न बिधामा उत्कृष्ठ काम गर्ने १६ बिधाका ब्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
उक्त कार्यक्रमको अवसरमा संविधान सभा सदस्य सूर्यवाला राई , कोशी प्रदेश सभा सदस्य खिनु लङवा लिम्बु , जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राई , सूर्योदय नगर उप प्रमुख दुर्गा कुमार बराल , नेकपा एमाले सूर्योदय नगर कमीटी अध्यक्ष दुर्गा देबी भटटराई , नेपाली काग्रेस नगर उपसभापति रमेश प्रधान, नेकपा एकीकृति समाजवादी नगर अध्यक्ष कमल गदाल, माओवादी केन्द्रका सूर्योदय नगर इन्चार्ज प्रविन तिम्सीना, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर उपसभापति महेश गदाल , राष्ट्रिय प्रजातन्त्रपार्टीका राजकुमार कट्टेल , नगर बाल संजालका निशान्त राई लगायतले बजेट नीति तथा कार्यक्रम माथी आफना कुरा राख्दै बजेट कार्यान्वयनका लागि शुभकामना दिनु भएको थियो । कार्यक्रममा बिभिन्न सांगीति तथा सांस्कृतिक प्रस्तुती समेत राखीएको थियो ।

 

TOP