जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

कन्याममा ५ सय बढी एन्जेलीया रोपियो

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
कन्याममा ५ सय बढी एन्जेलीया रोपियो

फिक्कल: कन्याममा बाक्लो हुस्सु संगै सिमसिम सिमसिम पानी परीरहेको थियो बिहिबार दिउसो । कन्यामको साझा सुविधा केन्द्रमा स्थानीयको ठूलो भिड थियो । भिड हर्कटे कन्याम सौर्दयकरण अभियानको निमन्त्रणमा खिर खान जम्मा भएको थियो । साउन १५ मा सामुहिक खिर खान खाने निम्तो मान्न पुगेका सबैलाई एन्जेलिया फुलको बिरुवा बितरण गरीयो । अनि सूर्योदयका नगर प्रमुख रण बहादुर राई आईपुग्नु भएपछि अभियानका संयोजक रमेश तिवारीले कार्यक्रम बारे जानकारी दिदै भन्नु भयो ‘खिर खाने भनेर निम्तो गरेका थियौ, अव खिर खादै कन्यामको सौर्दयकरणका लागि फुल रोप्ने हो । नगर प्रमुख राईले अभियानको औपचारीक शुभारम्भ गर्नु भयो अनि कन्याममा पाँचसय बढी एन्जेलिया फुल रोप्ने काम शुरु भयो ।
साउन १५ अर्थात खिर खाने दिन इलामको सूर्योदय नगरपालिकाका युवाले खिर खाएर साउन १५ मनाउने बहानामा चर्चित पर्यटकीय स्थल कन्याममा फुल रोप्ने अभियान संचालन गरेका छन । अभियान अन्र्तगत कन्यामको खाली जमिन अनि सडक किनारामा एन्ेलिया , धुपी , कपुर लगायतका बिरुवा रोपेको अभियानका युवा अभियान्ता राकेश देवानले जानकारी दिनु भयो । उहाले नगरले भौतिक रुर्वाधार र भौतिक सौर्दयकरणको काम गरे पनि प्राकृतिक सौर्दयताको कमी रहेकाले फुल रोपीएको जानकारी दिनु भयो । अभियान्ता देवानले भन्नु भयो‘खिर सधै खाएकै हो, तर, आज खिर खादै फुल रोपेको सधै सम्झनामा आईरहन्छ , सामाजिक क्षेत्रमा पनि केहि गर्नु पर्छ भनेर अभियान थालेका छौ।’
चियाबारीले ढकमक्क कन्यामका केहि खाली जमिन र मेची राजमार्गका आसपासमा सौर्दयकरणका लागि फुल रोप्ने कामको औपचारीक रुपमा शुभारम्भ गरीएको हो । अभियानलाई सूर्योदय नगरपालिका, हर्कटे खानेपानी तथा सरसफाई उपभोक्ता समुह र अन्य केहि ब्यक्तिबाट बिरुवा उपलब्ध भएको अभियानका संयोजक रमेश तिवारीले जानकारी दिनु भयो ।उहाका अनुसार नगरको मुख्य पर्यटकीय स्थल कन्यामलाई वातावरणमैत्री बनाउनका लागि बृक्षारोपण अभियान थालिएको जानकारी दिनु भयो ।
बृक्षा रोपण कार्यक्रम संगै उक्त अवसररमा सामुहिक रुपमा खिर खाने कार्यक्रम आयोजना गरीएको थियो । कार्यक्रममा जनप्रतिनिधि, शसस्त्र प्रहरी, नगर प्रहरी, संचारकर्मी , स्थानीय ब्यवसायीको उल्लेखनीय सहभागीता रहेको थियो । सूर्योदय वडा न.ं ६ का वडाध्यक्ष शिबकुमार बस्नेतले खिर खादै बिरुवा रोप्ने कार्यक्रममा प्रभावकारी भएको जानकारी दिनु भयो ।
कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख रण बहादुर राईले नगरपालिकाले मात्र सौर्दयकरण गर्न नसक्ने भएकाले नीजि क्षेत्र र स्थानीय पनि नगरको सौर्दयकरणमा लाग्नु पर्ने बताउनु भयो । उहाले यस्ता सकारात्मक अभियानलाई नगरले सधै साथ दिइने बताउनु भयो । ‘हामीले नगर क्षेत्रमा यस बर्ष मात्र ५० हजार बिरुवा निशुल्क बितरण गरी रोप्ने काम गरेका छौ, यसले नगरलाई हरीयाली बनाउने काममा सहयोग गर्ने अपेक्षा छ ।’

TOP