जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

हर्कटे-निन्दा सडक शिर्षक बमोजिम नै निर्माण गर्न मन्त्रालयको ध्यानाकर्षण, शिर्षक बमोजिम नै काम हुने मन्त्रालयको भनाई

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
हर्कटे-निन्दा सडक शिर्षक बमोजिम नै  निर्माण गर्न  मन्त्रालयको ध्यानाकर्षण,  शिर्षक बमोजिम नै काम हुने मन्त्रालयको भनाई

इलाम: इलामको सुर्योदय नगरपालिका स्थित हर्कटे बाट रोङ गाउँपालिकाको रम्भ्याङ सलकपुर हुँदै झापाको निन्दा जाने सडक निर्माण कार्य शीर्षक विपरित गर्न प्रयास भएको भन्दै शीर्षक बमोजिम नै गर्न कोशी प्रदेस को भौतिक पुर्वाधार विकास मन्त्रालयमा  ज्ञापन पत्र बुझाईएको छ । प्रदेस सरकारले हर्कटे बाट शुरू गर्नु पर्ने सडक मन परि ढंगले निन्दा बाट नापजाँच शुरू गरेपछि सुर्योदय नगरपालिकाको सत्रौं नगरसभाले शीर्षक बमोजिम हर्कटे बाटै निर्माण गर्न निर्णय गरे बमोजिम मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाईएको हो ।

मूख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोहि अनुरूप गर्नको लागि सुर्योदय नगरपालिका उपमेयर दुर्गा बराल र वडा नम्बर ६ का शिव बहादुर बस्नेतको नेतृत्वमा गएको प्रतिनिधि मण्डल ले ध्यानाकर्षण पत्र कोशि प्रदेस भौतिक पुर्वाधार विकास मन्त्री भुपेन्द्र राई लाई हस्तान्तरण गरेको हो । ज्ञापन पत्र बुझ्दै मन्त्री राई ले सडक शीर्षक बमोजिम नै निर्माण हुने बताउनु भयो । यस पटक भने इलामका सडकहरू इलाममा नवस्थापित पुर्वाधार कार्यालय बाटै निर्माण गरिने र सो काम हर्कटे बाटै हुने सुनिस्चित भएको मन्त्रालय स्रोत लाई उल्लेख गर्दै डेलिगेसन प्रतिनिधिमण्डलका शिव बहादुर बस्नेत ले बताउनुभयो । ज्ञापन पत्र बुझाएर टोली ले कोशी प्रदेस मुख्यमन्त्री हिक्मत कार्की र भौतिक सचिवलाई समेत भेटवार्ता गरेको बस्नेत ले बताउनुभयो ।
भेटमा मुख्यमन्त्री कार्की ले समेत सडक शीर्षक बमोजिम नै बन्ने बताउनुभयो । यस सडकको मुख हर्कटे र स्थानीय उत्पादन र धेरै जनघनत्व भएको हुनाले पनि शीर्षक बमोजिम नै गर्नुपर्ने नगरपालिकाको दाबी सहित कोशी प्रदेस को भौतिक मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो । हर्कटे बाटै काम शुरू गर्न सुर्योदय नगरपालिका, रोङ ६ का बासिन्दा, सुनपा ६ का बासिन्दा, जिल्ला समन्वय र प्रदेस माननीयहरू समेत ले यसअघि पनि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउदै आएका थिए । तर, एकतर्फि काम शुरू गरे प्रतिकारमा उत्रिने चेतावनी उनीहरूले दिदै आएका छन । अधिकारको दुरूपयोग गरि शीर्षक विपरित भएमा अदालत, अख्तियार र सबै निकायमा न्याय माग्ने, संलग्न नेता र कर्मचारीलाई नछोड्ने सुनपा ६ र रोङ ६ का स्थानीयले चेतावनी दिंइसकेका छन ।
संघीय सरकार बाट प्रदेस सरकारमा हस्तान्तरण भएको यो सडक हाल मुख्यमन्त्री सडकको रूपमा निर्माणाधीन छ । विगतमा हर्कटे बाटै क्रमिक रूपमा निर्माण हुँदै आएको यो सडक केही वर्षयता केही ब्यक्तिहरू को स्वार्थ र शक्तिको प्रभावको आधारमा जबरजस्ती उल्टो निर्माण गर्न थालिएको स्थानीयको आरोप छ । बिगतमा केही ब्यक्तिको दवावमा शिर्षकको उल्टो बाट सडक निर्माण गर्ने प्रयास गरिएपनि अब त्यस्तो शीर्षक विपरित अन्याय सहेर नबस्ने गरि आन्दोलनमा उत्रिएको स्रोतको दाबी छ ।

TOP