Hamropalika menu advertisement

सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण

फिक्कल: मानव अधिकार एलायन्स सूर्योदय समितिले सूर्योदय नगरक्षेत्र भित्र विद्यमान विविध सामाजिक समस्याप्रति सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।एलायन्सले सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, लैङ्गिक समानता, श्रमिक शोषण, बालश्रम, घरेलु हिंसा, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, वातावरणीय संकट जस्ता विषयमा चासो राख्न माग गर्दै ध्यानाकर्षण गराएको हो ।
विभिन्नसमयमा स्थानीयवासीबाट प्राप्त भएका उजुरी, सूचना र निरीक्षणका आधारमा एलायन्सले देखिएका समस्या समाधान गर्नका लागि ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार एलायन्स सूर्योदय समिति अध्यक्ष शरण फागोले जानकारी दिनु भयो ।
एलायन्सले यी विषयमा यथाशीघ्र आवश्यक नीति, योजना र कार्यान्वयनका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नु पर्ने माग गरेको छ । एलायन्सले सूर्योदय नगर प्रमुख रण बहादुर राई, उप प्रमुख दुर्गा कुमार बराल , नगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, होटल ब्यवसायी संघ, प्रहरी लगायतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

TOP