जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

इलाम :  इलाम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ । १२ वटै वडाका सम्पूर्ण बालबालिका खोपको पहुँचमा पुगेसंगै इलामलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरप्रमुख केदार थापाको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । जन्मे देखि १५ महिनासम्म र १५ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई बाह्रै वटा वडामा पूर्ण खोप सुनिश्चितता घोषणा गरेपश्चात इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता गरिएको प्रवक्ता नुतनदेव दुलालले जानकारी दिए ।

‘राष्ट्रिय खोप अभियान अन्तर्गत खोप निःशुल्क पाइन्छ खोप सुनिश्चित हुन्छ । खोपले जीवन रक्षा गर्छ ।’ भन्ने नाराका साथ बाल मृत्युदर, बिरामीको दर, अपाङ्गता दरमा कमी ल्याउन र मात्रृ मृत्युदरलाई घटाउन खोपले बालबालिकालाई काम गर्ने भएकाले सवै वडामा अभियान संचालन गरिएको दुलालले जानकारी दिए ।

कार्यक्रममा इलाम नगरपालिकाका उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बु नगर प्रवक्ता तथा वडा अध्यक्ष नुतनदेव दुलाल जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्य जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन गंगाधर पण्डित, इलाम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनाल। लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष काजी बहादुर श्रेष्ठ वडा नम्बर ६ का वडा अध्यक्ष दुर्गा मदन श्रेष्ठ वडा नम्बर ७ का वडा अध्यक्ष नरेश श्रेष्ठ वडा नम्बर २ का वडा अध्यक्ष गिरिराज रिजाल वडा सदस्यज्यूहरू कार्यपालिका सदस्य इलाम नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी, बाह्रै वडा वडाका आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख ज्यूहरु स्वास्थ्य स्वयंसेविकाहरू नगरपालिकाका स्वास्थ्यसँग सम्बन्धित रहेका सम्पूर्ण कर्मचारी उपस्थित थिए ।

TOP