जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा

इलाम: इलामको माङसेबुङ गाउँपालिका ६ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।वर्षैदेखि बसोबास गर्दै आएका त्यहाँका ११० अव्यवस्थित बसोबासीलाई आइतबार माङमालुङमा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगले माङसेबुङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको अध्यक्ष अधिकारीले बताए ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईहित, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले माङमालुङ पुगेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको हो ।

माङसेबुङ गाउँपालिकामा दुई हजार पाँच सय ३६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा एक सय १० जनाको निर्णय भएर आयतबार लालपुर्जा पाएका छन् । बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने उनले बताए ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए । ‘आयोगको काममा हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरुले समेत जिम्मेवारपूर्ण तरिकाले काम गरिरहेका छौं,’ उनले भने, ‘सबैको सहयोगमा कामले तीव्रता पाएको छ । अहिले वडा नं। ६ मा वितरण गरिएको छ । अन्य वडामा पनि क्रमिक रुपमा धनीपुर्जा वितरण गरिनेछ ।’

पहिलो चरणमा अहिले इलामको माङसेबुङ गाउँपालिकासहित रोङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत रुपमा काम भईरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष अधिकारीले बताए ।

यता वर्षौंदेखि जोतपोत र बसोबास गर्दै आएको जग्गाको लालपुर्जा हात परेपछि लाभग्राहीहरुले खुसी भएका छन् ।

इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्बासी २१ हजा एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए ।

TOP